हल्दिबारी, ३० असोज
गोलधाप टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिताको छैटौं दिनको खेल सम्पन्न ।
गोलधाप युथ टिमका अध्यक्ष कमल राईको सभापतित्व तथा जलथल फुटबल क्लवका अध्यक्ष जय बहादुर राईको प्रमुख आथित्यतामा छैटौं दिनको फुटबल खेल सम्पन्न भएको छ । अथितिहरुमा हल्दिबारी-१ का वडा अध्यक्ष देवि थापा, हल्दिबारी-४ का वडा अध्यक्ष सन्तकुमार थापा, हल्दिबारी-१ का वडा सदस्य प्रकाश कार्की लगायत व्यक्तिहरुको उपस्थिति रहेको औपचारिक कार्यक्रम समितिका सचिव मनाहाङ लिम्बुले संचालन गर्नु भएको थियो । छैटौं दिनको फुटबल खेलमा नुनथला युथ क्लवले १ को विरुद्ध २ गोल लगाएर किराँत टोल बिजयी भएको छ ।



