३१ असार,काठमाण्डौंस्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरेसंगै स्पेन इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै आइतबार कीर्तिमानी चौथो पल्ट युरोपेली च्याम्पियन भएको छ । बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरे । पूरा प्रतियोगितामा अपराजित रहेको स्पेनले सबै खेल जितेर यो उपाधि चुमेको हो । खेलको ४७ औं मिनेटमा स्पेनले निको विलियम्सको गोलले अग्रता लिएको थियो । उनका लागि लामिन यमलले पास उपलब्ध गराएका थिए । सब्स्टिच्युट कोल पाल्मरले इंग्ल्यान्डका लागि ७३औं मिनेटमा बराबरी गोल फर्काए । युरो फाइनलमा इंग्ल्यान्डको यो लगातार दोस्रो हार हो । युरो २०२० मा पनि इंग्ल्यान्ड फाइनलमा इटालीसँग पराजित रहेको थियो । स्पेनले यसअघि…
केपी शर्मा ओली नेपाल अधिराज्यको ४५औं प्रधानमन्त्री नियुक्त भएका छन् । ओली यसअघि तीन पटक प्रधानमन्त्री नियुक्त भइसकेका हुन् भने यो नियुक्त हुँदा उनी चौथो पटक प्रधानमन्त्री बनेका हुन् । ओलीको प्रधानमन्त्रीत्वमा बन्ने यो सरकार प्रमुख नेपालका ४५औँ प्रधानमन्त्री हुने छन्। भीमसेन थापालाई आधुनिक नेपालका प्रथम प्रधानमन्त्री मानिन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार अहिलेसम्म नेपालमा ३८ व्यक्ति प्रधानमन्त्री बनेका छन्। नेपालमा अहिलेसम्म महिला प्रधानमन्त्री भने बनेका छैनन्। नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिमण्डल विस्तारसम्बन्धी प्रावधान रहेको छ । ओलीको प्रधानमन्त्री नियुत्त विसं २०७२-७३, विसं २०७४-२०७८, विसं २०७८ र हाल बिस. २०८१
३० असार,झापाझापा जिल्लामा चौसठ्ठी दशमलमव एकासी प्रतिशत रोपाई सम्पन्न भएको छ। मनसुनको सक्रियतासँगै अहिलेसम्म झापामा ६४.८१ प्रतिशत रोपाई सम्पन्न भएको हो। विराटनगर कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो । अहिले सम्म एक लाख ७० हजार चार सय ५० दशमलव ४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए । मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर…
२८ असार,झापाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसदबाट विश्वासको मत लिन लागेका थिए तर उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र प¥यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् । उनको विपक्षमा १९४मत परेको हो । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराए संसद्का दुई ठूला दलबीच संविधान संशोधनलगायत सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी असार…
२७ असार,काठमाण्डौं सरकारले देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने परिस्थितिमा तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आजको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रबक्ता तथा मन्त्री रेखा शर्माले उक्त कुरा बताउनु भएको हो । यस अघि मन्त्रिपरिषद् बैठकले जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा झापा लगायत २८ जिल्लामा आगामी श्रावण एक देखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो।
२७ असार,झापा बुद्धशान्ति-२ झापा खतिवडा चोक पश्चिम एक व्यक्ति आफ्नै खेतमा आली लगाउदा मृत अवस्थामा भेटिएका छन्। स्थानिय सुशिल घिमिरे मृत भेटिएका हुन्। बुधबार अन्दाजी दिनको बारह बजे तिर आफैले आली लगाएको खेतमा करिब सद्चालिस बर्षिय घिमिरेलाई खेतमा मृत भेटिएपछि स्थानिय छिमेकीहरुले प्रहरीलाई खबर गरेका हुन् । पछि प्रहरीले उनको शवलाई आवश्यक कारबाही र पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल लगेको घिमिरेका स्थानिय छिमेकीले जानकारी गराए।
२७ असार,रौतहट रौतहटको ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको छ। घटना पछि प्रहरीले गरेको अनुसन्धान र प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ। घटना लगतै मङ्गलवार राती पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् बुधवार दुई जना अभियुक्त दशई साह र रोशन साहलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक…
२६ असार,झापा झापाको खुदुनाबारी–शनिश्चरे सडक अन्तर्गत बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । बर्षातको कारण पूल चर्किएको हो । अविरल परेको वर्षाका कारण अर्जुनधारा नगरपालिका-७ गढीस्थित खुदुनाबारी–शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेकोले उक्त पुलबाट चल्ने सवारी साधन बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको हो ।
२५ असार,भद्रपुरबैदेशिक रोजगारीको क्रममा मलेसियामा बिरामी भै अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू भद्रपुर नगरपालिकाकै पहलमा घर आएका छन् । वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत लिम्बु नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको भद्गपुर नगरपालिकाले जनाएको हो । गत १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका लिम्बू बिरामी अवस्थामा अलपत्र परेको समाचार संचारमाध्यममा प्रकाशित भए पछि लिम्बुको घरफिर्तीको पहल भएको जनाईएको हो ।
बिर्तामोड, २५ असार बिर्तामोड नगरपालिका वडा १० मा १३ महिने बालिका बालकोनी बाट खसेर गम्भीर घाइते भएकी छिन । तेलकानी बस्ने बुबा साङ्गे शेर्पा र आमा जुनु शेर्पाको छोरी कुसुम शेर्पा बिर्तामोड नगरपालिका वडा १० को कार्यालय भवनको छतबाट खसेर घाइते भएको र बि एन्ड सी हस्पिटलमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।