Skip to main content

ओरेन्ज समाचार

झापा जिल्लामा चौसठ्ठी दशमलव एकासी प्रतिशत रोपाई सम्पन्न

Advertisement

३० असार,झापाझापा जिल्लामा चौसठ्ठी दशमलमव एकासी प्रतिशत रोपाई सम्पन्न भएको छ।

मनसुनको सक्रियतासँगै अहिलेसम्म झापामा ६४.८१ प्रतिशत रोपाई सम्पन्न भएको हो।

विराटनगर कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो ।

अहिले सम्म एक लाख ७० हजार चार सय ५० दशमलव ४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए ।

मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।

उनले प्रदेशको उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ४४ दशमलव २५ प्रतिशत, मध्यपहाडी क्षेत्र इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरमा ५६ दशमलव ६६ प्रतिशत तथा तराईका सुनसरी, मोरङ र झापामा ६४ दशमलव ८१ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । 

कृषि विभागको पछिल्लो विवरण अनुसार देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...