Skip to main content

ओरेन्ज समाचार

प्रचण्डले गुमाए विश्वासको मत,सरकार ढल्यो

Advertisement


२८ असार,झापाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् ।

दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसदबाट विश्वासको मत लिन लागेका थिए तर उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र प¥यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् । उनको विपक्षमा १९४मत परेको हो ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराए

संसद्का दुई ठूला दलबीच संविधान संशोधनलगायत सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी असार १७ मा सात बुँदे समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए । त्यसपछि अल्पमतमा परेका दाहालले राजीनामा नदिएर संवैधानिक सुविधाबमोजिम विश्वासको मत लिएका हुन् ।

यसअघि आलोपालो कांग्रेस र एमालेको समर्थनमा चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल दाहाल यस पटक भने असफल भए ।

संविधानको धारा १०० (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम दाहालले पाँचौं पटक विश्वासको मत लिएका थिए । उनले कांग्रेस एमालेले संविधानलाई चलाउन खोजेकोले त्यसको प्रतिवादको मत दर्ज गराउन विश्वासको मतको प्रक्रियामा प्रवेश गरेको बताए ।

विश्वासको मतको प्रस्ताव राख्ने क्रममा दाहालले बहुमत प्राप्त गर्ने सम्भावना नरहँदा नरहँदै पनि आफूले राजीनामा नदिइ विश्वासको मत लिने प्रक्रियामा जानुको कारण खुलाए ।

प्रतिनिधि सभामा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम नै उनी पदमुक्त भएका छन् । अब नयाँ सरकार गठनको बाटो खुलेको छ ।

आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।

मत बिबरण यस प्रकार रहेको छ।

पक्ष:६३

बिपक्ष:१९४

तटस्थ:१

जम्मा मत:२५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...