ओरेन्ज समाचार

आँपको विषयमा विवाद हुँदा छुरा हानी हत्या

Advertisement

२७ असार,रौतहट

 रौतहटको ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको  छ। घटना पछि प्रहरीले गरेको अनुसन्धान र प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ। 

घटना लगतै मङ्गलवार राती पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् बुधवार दुई जना अभियुक्त दशई साह र रोशन साहलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको थियो । आरोपी दुवै जना मिलेर ईशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मङ्गलवार राति सौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैँचामा  दशईले पछाडिबाट अनुहार टाउकोमा रड प्रहार गरेको र उनी भुईँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। 

घटनाको १ दिन अघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलम सँग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई २,४ थप्पड हानेका थिए।

सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।  आरोपी दुवैजनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

समाचार लेखन तथा आचार संहिता सम्बन्धी तीन दिने तालिम सम्पन्न ।

समाचार लेखन तथा आचार संहिता सम्बन्धी तीन दिने तालिम सम्पन्न ।

बिराटनगर, २४ जेठ नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा झापा, मोरङ, सुनसरी र भोजपुरका पत्र...
९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २४ बैशाख ९६ औं  समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न । बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित किर...
हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न ।

हल्दिबारी, २० बैशाख हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।हल्दीबार...
लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

लघु चलचित्र “हाम्रो सामुदायिक बन” को प्रीमियर शो बिर्तामोडमा सम्पन्न ।

बिर्तामोड, १९ बैशाख आर सी मूवीले निर्माण गरेको लघु चलचित्र "हाम्रो सामुदायिक वन" को प्रिमियर शो बिर्तामोडको पाथिभरा सिने प्लाजा...