बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्त्री उध्भ थापाको प्रमुख आथित्यता र राजबंशी समाज विकास समिती बिर्तामोड-९ का अध्यक्ष तेजलाल राजबंशीको सभापतित्वमा बिर्तामोड नगरपालिका वडा न.९ अवस्थित उद्रकान्त राजबंशी स्मृति प्रतिष्ठानको प्राङ्गणमा माटो बाट बानाएको हिलो एक अर्कालाई दलेर परम्परागत संस्कार संस्कृति अनुसार सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । अथितिहरुमा राजबंशी समाज विकास समिती झापाका उपाध्यक्ष जितलाल राजबंशी, प्रतिष्ठानका अध्यक्ष खगेन्द्र मैनाली, उद्रकान्त राज बंशी स्मृती प्रतिष्ठानका अजिवन सदस्य तथा बिर्तामोड-६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवा, समाजसेवी मोहन सुब्बा, प्रतिष्ठानका सचिव बासु अधिकारी,…
बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका वार्ड नं १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र मिडिया प्रणालीका सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर राईको सभापतित्वमा सांस्कृतिक तथा सांगितिक कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। अतिथिहरूमा वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बहादुर बस्नेत, दीपिका सिवा र प्रहरी सहायक निरीक्षक नरबहादुर गौतम लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो । युवा तथा विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको नयाँ साल विशेष कार्यक्रममा नौमती बाजाको रोचक प्रस्तुति, लिम्बु जातिहरूको लोकप्रिय गीत पालम, विभिन्न जातिहरूको झाँकी, नृत्य र ब्याण्डको आकर्षक प्रस्तुति…
इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। पानिटारस्थित सामुदायिक विकास समाजको खेल मैदानमा सञ्चालन हुने उक्त महोत्सव २०८२ साल चैत्र २८ गतेदेखि सुरु भई २०८३ साल वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छ्। “पर्यटन विकासका लागि युवा” संस्थाको आयोजनामा हुन लागेको महोत्सवले स्थानीय कृषि, पर्यटन तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। महोत्सव अवधिभर राष्ट्रिय स्तरका गायक–गायिकाको सांगीतिक प्रस्तुति रहनेछ भने विभिन्न समुदायहरूको सहभागितामा झाँकी प्रदर्शन, मौलिक भेषभूषा, कला तथा संस्कृतिको प्रदर्शनीसमेत गरिनेछ। यसबाट स्थानीय कला र परम्पराको…
झापा, चैत २१ लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम दुदेमा सम्पन्न भएको छ । सिवसताक्षी नगरपालिका वडा न.९ का वडा अध्यक्ष डिल्लिलाल फेम्बोको प्रमुख आथित्यता र लक्सम्बा, लक्सम, लोक्ताम कुल बंश समाजका अध्यक्ष सुरज बिक्रम लक्समको सभापतित्वमा प्रथम राष्ट्रिय महाधिवेशन सव्य र भव्य रुपमा सम्पन्न भएको छ । बिशिष्ठ अथितीहरु किराँत याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, शिवसताक्षी कार्यपालिका सदस्य तथा वडा सदस्य टुका ढकाल, सल्लाहकार समिती संयोजक सुरज लक्सम लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम समितिका सचिव धर्म सक्सम्बाले संचालन गर्नु भएको थियो भने स्वगत मन्तव्य समितिका उपाध्यक्ष रिमानधोज लोक्तामले राख्नु भएको थियो । महाधिवेशनमा…
झापा, चैत १७ गते (गजेन्द्र कुमार शेर्मा) दमकमा पुर्खा पुरन अदौ क्वोने गुरुङ समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पुर्खा पुरन अदौ क्वोने (घोन्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज नेपालको तेस्रो अधिवेशन दमक नगरपालिका स्थित कन्काई रिसोर्ट एण्ड पार्टी प्यालेसको सभा भवनमा सम्पन्न भएको छ । अदौ क्वोने (घोण्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा भीम बहादुर गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ। कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापा जिल्लाका अध्यक्ष जगत गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा क्वोने (घोण्डे, घोताने) समाज झापाका अध्यक्ष कुमार गुरुङ, भारत पश्चिम बङ्गाल…
बिर्तामोड, चैत १७ बिर्तामोड ९ अवस्थित सुभाङे चोकमा चौतारा उद्घाटन कार्यक्रम सम्पन्न । पाँचथर सुहाङ झापा एकता समाजका अध्यक्ष ओमभक्त सेडाइ र सल्लाहकार हरि प्रसाद ओझाले बिर्तामोड ९ को सुभाङे चोकमा चौतारा उद्घाटन संयुक्त रुपमा गर्नु भएको र उक्त चौतारा यज्ञराज श्रेष्ठले आफ्ना स्व.पिता पुर्ण बहादुर श्रेष्ठ र स्व. माता टिकामाया श्रेष्ठको नाममा निर्माण गर्नु भएको हो । मिति २०८२ साल चैत १६ गते एक औपचारिक कार्यक्रमका साथ चौतारा उद्घाटनमा कार्यक्रम संचालन समितिका सचिव हरिप्रसाद सुबेदीले गर्नु भएको थियो भने इष्ट मित्र, आफन्त र स्थानियहरुको उपस्थिति रहेको थियो ।
झापा, १६ चैत किराँत याक्थुङ चुम्लुङको १२ औं महाधिवेशन सव्य र भव्य रुपमा सम्पन्न भएको छ । किराँत याक्थुङ चुम्लुङ १२ औं संघीय महाधिवेशन कार्यक्रम कि.या.चु संघिय समितिको आयोजना र कि.या.चु. झापा जिल्ला कार्य समितिको व्यवस्थापन तथा कि.या.चु. भद्रपुर नगर कार्य समितिलको सह-व्यवस्थापनमा झापाको भद्रपुरमा सम्पन्न गराइ मिती २०८२ साल चैत १६ गते सोमबारको दिन पत्रकार सम्मेलनमा नयाँ संघिय कार्य समितीको नामवली सार्वजनिक भएको छ । गोबिन्द बहादुर लिम्बुको नेतृत्वमा ३९ सदस्यीय समिती निर्वाचित भएका छ्न भने अन्य १४ जना मनोनयनबाट छनौट गरि जम्मा ५३ जनाको कार्य समिती रहने छ । १२ औं महाधिवेशन सव्य र भव्य रुपमा सम्पन्न भएको…
बिर्तमोड, १९ फागुन आज फागुन १९ गते मंगलबारको दिन नेपालका विभिन्न स्थानहरुमा होली मनाइदैछ । हिजो फागुन १८ गते नेपालको पहाडी क्षेत्रमा होली मनाइयो भने आज तराइ क्षेत्रमा विभिन्न रङ्गहरु सहित एक अर्कालाई रङ्ग दलेर सद्भाव र भाइचारा निभाउदै रङ्गहरुको पर्व हर्ष उल्लास तरिकाले मनाइदैछ । हुनत पुराना दिनहरुमा होली विभिन्न आयोजक समितिले विभिन्न स्थानहरुमा विशेष कार्यक्रम बनाएर मनाइन्थियो तर यसपाली फागुन २१ गते प्रतिनिधि सभाको चुनाव नजिकै भएकाले चुनावलाई असर नपरोस भनेर प्रशासनले होली मनाउने कुरामा थोरै प्रतिबन्ध लगाएको छ तथापी सामान्य रुपमा सामाजिक सदभावलाई कायम राखेर होली मनाउन सकिने बताइएको छ ।
झापा, ९ फाल्गुन नेपाल शेर्पा संघ मेचीनगरको आयोजनामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न भएको छ । नेपाल शेर्पा संघ मेचीनगरका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व र कोशी प्रदेश सभाका संसद गोपाल तामाङको प्रमुख आथित्यतामा नेपाल शेर्पा संघ मेचीनगरको ग्याल्बो लोसार कार्यक्रम काकरभिट्टा अवस्थित मेची सामुदायिक भवनमा सभ्य र भव्य रुपमा सम्पन्न भएको हो । अथितिहरु आङदिकु शेर्पा, राम बहादुर वाइबा तामाङ, लक्ष्मी थिङ तामाङ, रोजी तामाङ, किमा शेर्पा, दयाराम शेर्पा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बौद्ध धर्मका लामाहरुको उपस्थितिमा शेर्पा जातिको संस्कार र संस्कृति अनुसारका पोशाकमा सजिएर, शेर्पा समुदायको परिकारलाई ग्रहण गर्दै रमाइलो सांस्कृतिक र सांगीतिक प्रस्तुतीले कार्यक्रम रोचक बनाएको थियो…
हल्दिबारी, ७ फाल्गुन १७ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लास्तरीय खेलकुद कार्यक्रम अन्तर्गत हल्दिबारी गाउँपालिकाद्वारा सञ्चालन गरिने भएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको हस्ताक्षरसहित जारी गरिएको प्रतिबद्धता पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो। प्रतिबद्धता पत्रमा प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हल्दिबारी गाउँपालिकाले लिने उल्लेख गरिएको छ। साथै, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। पत्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले हस्ताक्षर गरेका छन् भने हल्दिबारी गाउँपालिकाका तर्फबाट हल्दीबारी गाउँपालिका खेल संयोजक तथा वडा नं ४ का वडाध्यक्ष सन्त कुमार थापा र वडा न १ का वडा…