झापा, १६ कार्तिक झापा। आउँदै गरेको तिहार पर्वका समयमा हुन सक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेको छ। तिहारका बेला दीपावली तथा पटका र अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटनालाई न्यूनीकरण गर्ने, विपद्को समयमा तत्काल उद्धार तथा आगो नियन्त्रण गरि जनधनको क्षति कम गर्ने उद्देश्यले उक्त अभ्यास गरिएको हो। अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीहरूले आगलागी नियन्त्रण तथा उद्धार कार्यसम्बन्धी व्यावहारिक अभ्यास गरेका थिए। यस प्रकारका अभ्यासले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीको पूर्व तयारी, कार्यक्षमता र समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। आगलागी तथा अन्य…
झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । लिङ्दम सयङ झापाका अध्यक्ष भेसराज लिङ्दमको सभापतित्वमा पहिलो ऐतिहासिक गालिश्राप कार्यक्रम आज कार्तिक १५ गते शनिबारको दिन बिहानको समयमा पुजा र दिउँसोको समयमा प्रसाद ग्रहणर सगै खानपान पश्चात औपचारिक कार्यक्रम गरि सव्य र भव्य रुपमा सम्पन्न भएको छ । झापा जिल्लाका विभिन्न स्थानहरूमा रहेका लिङ्दम दाजुभाइ तथा दिदीबहिनीलाई एकीकृत गर्ने उद्देश्यले आयोजना गरेको पूजा र भेटघाट कार्यक्रममा इलाम र मोरङबाट पनि उपस्थिति रहेको थियो भने जेष्ठ नागरिक र चेली बेटीहरुलाई बिशेष सम्मान गरिएको थियो । अथितिहरुमा मोरङ…
झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते देखि निर्माण कार्य सुरु गर्ने भएको छ । अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिका अध्यक्ष केशव भण्डारीको सभापतित्व तथा श्रम संस्कृति पार्टीका केन्द्रिय सदस्य हिमालय प्रकाश कन्दङवाको प्रमुख आथित्यतामा पुर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा ज्वलेश्वरधाममा आज कार्तिक १४ गते शुक्रबारको दिन पत्रकार सम्मेलन सम्पन्न भएको र अथितिहरुमा कैलाशघाट समितिका अध्यक्ष केदारनाथ पराजुली, अर्जुनधारा-७ का वडा अध्यक्ष गोबिन्द खतिवडा, अर्जुनधारा -५ का वडा अध्यक्ष गिताराज खड्का, अर्जुनधारा ज्वलेश्वरधाम मन्दिरका कोषाध्यक्ष मनोज जोसी, प्रमुख पुजारी अग्नीप्रसाद सिग्देल लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।…
झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण भापा तथा मातहतका कार्यालयहरूले विभिन्न सीमा नाका र चेकपोइन्टबाट बरामद गरी नष्ट गरेका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण लगाएत सीमा सुरक्षामा खटिएका कार्यालयहरूले सीमा क्षेत्रमा नियमित गस्ती तथा चेकजाँचलाई तीव्रता दिने क्रममा विभिन्न स्थानबाट पटका बरामद गरेका हुन्। बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको छ। सशस्त्र प्रहरीले अबैध रुपमा भारतहुँदै भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको र लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न स्थानबाट पटका बरामद गरेको थियो। सशस्त्र प्रहरी बल,…
रोङ, २९ असोज रोङमा अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री र चाडपर्व खर्च वितरण, उत्कृष्ट विद्यार्थी र अवकाशप्राप्त शिक्षक सम्मानित । इलामको रोङ गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आज २०८३ असोज २९ गते सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावकविहीन तथा असहाय बालबालिकालाई शैक्षिक सामग्रीसहित चाडपर्व खर्च वितरण गरिएको छ। कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन, अवकाशप्राप्त शिक्षकहरूलाई सम्मान तथा रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूहरूको स्वागत र फेरि भेटौँला कार्यक्रमसमेत सम्पन्न भएको छ। बालबालिकाको शैक्षिक विकासमा सहयोग पुर्याउने, उत्कृष्ट विद्यार्थीलाई थप हौसला प्रदान गर्ने तथा शिक्षण क्षेत्रमा योगदान पुर्याएका शिक्षकहरूको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रमले शिक्षा क्षेत्रप्रतिको सकारात्मक…
बिर्तामोड, ३ कार्तिक बिर्तामोड १० मा बडा दशैको अवसरमा संन्थाल मेला सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका वार्ड नं १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता र मेला संयोजक कविता घलेको सभापतित्वमा एक औपचारिक कार्यक्रम सहित झापा जिल्लामा रहेका संन्थाल समुदायका उत्कृष्ट नृत्य टोलिहरुको प्रतिस्पर्धा रहेको थियो। संन्थाल जातिले लगाउने पोशाक र गाजा बाजाले कार्यक्रम रोचक बनाएको थियो । बिहानको समयमा दुर्गा पूजा सँगै सञ्चालन गरेको औपचारिक कार्यक्रम डिल्लीराम दंगालले सञ्चालन गर्नुभएको थियो भने बिर्तामोड १० का वडा सदस्य प्रीथी बहादुर बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो। संन्थाल नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो टिम साथै सन्तवना…
रोङ, ३१ असोज विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य इलामको रोङ गाउँपालिका–३ स्थित चिण्डेपानी (जिल्बुङ्ग) लाई लोपोन्मुख लेप्चा जातिको मौलिक पहिचान, संस्कृति र जीवनशैलीमा आधारित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘जिल्बुङ्ग लेप्चा मोडल भिलेज’ निर्माण अभियान अघि बढाइएको छ। रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङ्बोका अनुसार जिल्बुङ्गलाई सांस्कृतिक, आर्थिक, पूर्वाधार तथा पर्यटन विकासलाई एकीकृत गर्दै देश–विदेशका पर्यटक घुम्न, बस्न र रमाउन सक्ने उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। यसै अभियानलाई थप प्रभावकारी बनाउन अध्यक्ष स्याङ्बोसहितको टोलीले २०८३ असोज २५ गते आइतबार भारतको कालेम्पोङ क्षेत्रमा अध्ययन तथा अवलोकन भ्रमण गरेको थियो। दार्जिलिङ नजिकै रहेको उक्त क्षेत्रको भ्रमणमार्फत…
हल्दिबारी, ३० असोज गोलधाप टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिताको छैटौं दिनको खेल सम्पन्न । गोलधाप युथ टिमका अध्यक्ष कमल राईको सभापतित्व तथा जलथल फुटबल क्लवका अध्यक्ष जय बहादुर राईको प्रमुख आथित्यतामा छैटौं दिनको फुटबल खेल सम्पन्न भएको छ । अथितिहरुमा हल्दिबारी-१ का वडा अध्यक्ष देवि थापा, हल्दिबारी-४ का वडा अध्यक्ष सन्तकुमार थापा, हल्दिबारी-१ का वडा सदस्य प्रकाश कार्की लगायत व्यक्तिहरुको उपस्थिति रहेको औपचारिक कार्यक्रम समितिका सचिव मनाहाङ लिम्बुले संचालन गर्नु भएको थियो । छैटौं दिनको फुटबल खेलमा नुनथला युथ क्लवले १ को विरुद्ध २ गोल लगाएर किराँत टोल बिजयी भएको छ ।
बिर्तामोड, ३० असोज बिर्तामोड नगरपालिका वडा न. ९ मा रहेको बुधकोष ग्रामदेवी दुर्गा मन्दिरमा आज साँझ भएको एक औपचारिक कार्यक्रममा मन्दिरलाई मूर्ति दिने घोषणा भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय राजवंशीको सभापतित्व र समाजसेवी छत्र गिरीको प्रमुख आथित्यतामा नवरात्र दुर्गा पुजाको छैटौं दिनको कार्यक्रम सम्पन्न भएको छ । अतिथिहरूमा सहरी खानेपानी व्यवस्थापन समितिका अध्यक्ष मेघराज बास्तोला, समाजसेवी वासु अधिकारी, समाजसेवी गोविन्द सुवेदी, समाजसेवी गुरु दमन रिमाल र ग्रामदेवी मन्दिर पूजा समिति अध्यक्ष प्रदिप राजवंशी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा प्रमुख अथिती छ्त्र गिरीले भारतको राजस्थानबाट दुर्गा लगायत अन्य आवश्यक मुर्तिहरु ल्याउने र मन्दिर समितिलाई हस्तान्तरण गर्ने…
रोङ, २७ रोङ गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माण सम्पन्न, करिब ६३५ प्रश्नको तथ्यांक संकलन । इलामको रोङ गाउँपालिकाले गाउँपालिकाको समग्र वस्तुस्थिति समेट्ने ‘डिजिटल प्रोफाइल’ निर्माणको अन्तिम अन्तरक्रिया सम्पन्न गरेको छ। गाउँपालिकाका विभिन्न क्षेत्रसँग सम्बन्धित तथ्यांकलाई डिजिटल प्लेटफर्ममार्फत संकलन, विश्लेषण र व्यवस्थित गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यमा रोङका ५८ वटै टोल विकास संस्थाबाट १/१ जना सर्वेक्षक नियुक्त गरी तथ्यांक संकलन गरिएको छ। कार्यक्रममा ६३५ वटा प्रश्नमा आधारित तथ्यांक संकलन तथा विश्लेषणको अन्तरकृया सम्पन्न भएको जनाइएको छ। डिजिटल प्रोफाइलमा गाउँपालिकाको समग्र वस्तुस्थिति समेटिएकाले आगामी दिनमा नीति, नियम तथा योजना निर्माण गर्न र स्थानीय तहको व्यवस्थापकीय कार्यसम्पादनलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा…