ओरेन्ज समाचार

बुद्धशान्ति-२ मा आली लगाउदा एकजनाको मृत्यु

बुद्धशान्ति-२ मा आली लगाउदा एकजनाको मृत्यु

बुद्धशान्ति-२ मा आली लगाउदा एकजनाको मृत्यु

 २७ असार,झापा बुद्धशान्ति-२ झापा खतिवडा चोक पश्चिम एक व्यक्ति आफ्नै खेतमा आली लगाउदा मृत अवस्थामा भेटिएका छन्। स्थानिय सुशिल घिमिरे मृत भेटिएका हुन्।  बुधबार अन्दाजी दिनको बारह बजे तिर आफैले आली लगाएको खेतमा करिब सद्चालिस बर्षिय घिमिरेलाई खेतमा मृत भेटिएपछि स्थानिय छिमेकीहरुले प्रहरीलाई खबर गरेका हुन् । पछि प्रहरीले उनको शवलाई आवश्यक कारबाही र पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल लगेको घिमिरेका स्थानिय छिमेकीले जानकारी गराए।
Read More
आँपको विषयमा विवाद हुँदा छुरा हानी हत्या

आँपको विषयमा विवाद हुँदा छुरा हानी हत्या

२७ असार,रौतहट  रौतहटको ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको  छ। घटना पछि प्रहरीले गरेको अनुसन्धान र प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ।  घटना लगतै मङ्गलवार राती पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् बुधवार दुई जना अभियुक्त दशई साह र रोशन साहलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक…
Read More
झापाको खुदनाबारीमा पुल चर्कियो सवारी आवागमन बन्द

झापाको खुदनाबारीमा पुल चर्कियो सवारी आवागमन बन्द

२६ असार,झापा झापाको खुदुनाबारी–शनिश्चरे सडक अन्तर्गत बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । बर्षातको कारण पूल चर्किएको हो ।   अविरल परेको वर्षाका कारण  अर्जुनधारा नगरपालिका-७ गढीस्थित खुदुनाबारी–शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेकोले उक्त पुलबाट चल्ने सवारी साधन बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको हो ।
Read More
मलेसियामा अलपत्र लिम्बु नगरको पहलमा घर आए

मलेसियामा अलपत्र लिम्बु नगरको पहलमा घर आए

२५ असार,भद्रपुरबैदेशिक रोजगारीको क्रममा मलेसियामा बिरामी भै अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू भद्रपुर नगरपालिकाकै पहलमा घर आएका छन् । वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत लिम्बु नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको भद्गपुर नगरपालिकाले जनाएको हो । गत १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका लिम्बू बिरामी अवस्थामा अलपत्र परेको समाचार संचारमाध्यममा प्रकाशित भए पछि लिम्बुको घरफिर्तीको पहल भएको जनाईएको हो ।
Read More
१३ महिने बालिका बालकोनी बाट खसेर गम्भीर घाइते

१३ महिने बालिका बालकोनी बाट खसेर गम्भीर घाइते

बिर्तामोड, २५ असार बिर्तामोड नगरपालिका वडा १० मा १३ महिने बालिका बालकोनी बाट खसेर गम्भीर घाइते भएकी छिन । तेलकानी बस्ने बुबा साङ्गे शेर्पा र आमा जुनु शेर्पाको छोरी कुसुम शेर्पा बिर्तामोड नगरपालिका वडा १० को कार्यालय भवनको छतबाट खसेर घाइते भएको र बि एन्ड सी हस्पिटलमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
Read More
बाह्रदशीको पैनीमा डुबेर राजबंशीको मृत्यु

बाह्रदशीको पैनीमा डुबेर राजबंशीको मृत्यु

२४असार,झापा   झापा बाह्रदशीको पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति  बाह्रदशी गाउँपालिका वडा नम्बर २ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।  डुबेको अबस्थामा राजबंशीलाई फेला पारी स्थानीयले मृतकको शव पैनीबाट बाहिर निकालेका हुन् । शवनजिकै साईकल समेत फेला परेको हो भने थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीको भनाई छ ।
Read More
करेन्ट लागेर जोत्ने गोरुको मृत्यू

करेन्ट लागेर जोत्ने गोरुको मृत्यू

२३ असार,झापाआज  बिहान जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ। कचनकवल-६ मुस्लिम बस्तीको सडक छेउको बिद्युतको ट्रान्सफर्मर छेउ सोही स्थान बस्ने लक्ष्मी नारायण राजबेशीको  एउटा गोरू मरेको प्रहरीले जनाइएको छ भने कुनै मानबिय क्षति भने नभएको जनाइएको हो।
Read More
झापामा एक व्यक्तिको सव डुबेको अवस्थामा भेटिएको छ

झापामा एक व्यक्तिको सव डुबेको अवस्थामा भेटिएको छ

बिर्तामोड, २३ असार बिर्तामोड नगरपालिका वडा १०, इलामेली टोलमा बस्ने बर्ष ३५ को सोनीराम मुर्मुको सव डुबेको अवस्थामा दिउसो करिब २:४५ को समयमा भेटाएको हो । सव पोष्टमाटर्मको लागि लगिएको र रिपोर्ट आउन बाकि रहेको स्थानीय रुद्र खतिवडाले जानकारी दिनु भयो ।
Read More
रोटरी क्लब अफ काष्ठमण्डपको बिर्तामोड-९का तीन जनालाई ह्वील चियर वितरण कार्यक्रम सम्पन्न।

रोटरी क्लब अफ काष्ठमण्डपको बिर्तामोड-९का तीन जनालाई ह्वील चियर वितरण कार्यक्रम सम्पन्न।

बिर्तामोड,२१ असार अन्तर्राष्ट्रिय झापाली समाजको पहलमा रोटरी क्लब अफ काष्ठमण्डपले बिर्तामोड - ९ का ९० वर्षीया बोमादेवी अधिकारी, ७६ वर्षीया हिमा श्रेष्ठ र ७ वर्षीय उत्सव श्रेष्ठलाई ह्वील चियर प्रदान गरेेेको हो।        स्थानीय पञ्चकन्या टोलस्थित पञ्चकन्या मन्दिर प्राङ्गणमा  भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वरिष्ठ कलाकार तथा रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य अशोक शर्मा र अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाले संयुक्तरूपमा उनीहरुलाई ह्वील चियर हस्तान्तरण गरेका थिए।          स्थानीय समाजसेवी तुलसीराम काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, झापाली समाजका अध्यक्ष ढुंगाना, बरिष्ठ कलाकार तथा रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य…
Read More
जेसीभी चालक लिम्बुको निधनमा बिर्तामोड नगरपालिकामा बिदा

जेसीभी चालक लिम्बुको निधनमा बिर्तामोड नगरपालिकामा बिदा

२१ असार,बिर्तामोड गएराति एक बजे बिर्तामोड नगरपालिकाका जे.सी.भी. चालक राजुमान लिम्बूको असमायिक निधन भएको जनाउँदै बिर्तामोड नगरपालिकाले मृतकको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दै एक्काईस असारमा शोक बिदा दिने निर्णय गरेको छ। प्रमूख प्रशासकिय अधिकृत राधा कृष्ण खतिवडाको  हस्ताक्षर सहितको शोक व्यक्तब्यमा शोकको यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा बिर्तामोड नगपालिकाको तर्फ बाट गहिरो समबेदना प्रकट समेत गरिएको हो।
Read More