Skip to main content

ओरेन्ज समाचार

बिराटपोखरमा एक कार्यक्रममा सातवटा कृतन मण्डली सम्मानित

Advertisement


१६ भदौ,झापा
बिर्तामोड-१० बिराटपोखरको एक कृतन मण्डलीले एउटा कार्यक्रमको आयोजना गरि सातवटा कृतन मण्डलीलाई एकै साथ सम्मान गरेको छ। त्यहाँ  स्थित मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति अन्तर्गतको मनकामना काली कृतन मण्डलीले उक्त सम्मान कार्यक्रम गरेको हो। गत शनिबार दिवा सत्रमा मण्डलीका महिला दिदि बहिनीहरुलाई दर खुवाई मनोरन्जन र नृत्य प्रतियोगिता समेत गराई साँझ छिमेकी कृतन मण्डलीहरुलाई सम्मान गरिएको आयोजक मण्डलीले जानकारी गराएको हो।

मण्डलीले श्रावण महिना भरि बिर्तामोड-१० स्थित बिराटपोखरको मनकामना काली मन्दिरमा दैनिक भजन कृतनको आयोजना गरेको र उक्त कार्यक्रममा सहयोग गर्ने छिमेकी कृतन मण्डलीहरु नवदुर्गा कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर,बिराट ज्योर्तिलिङ्ग समाबेशी कृतन मण्डली  बिर्तामोड-३ बिराटपोखरी,बिराटपोखर शिव कृतन मण्डली बिर्तामोड-३ सैनिकमोड, बिराट पंचमुखी बजरङ्गबली कृतन मण्डली बिर्तामोड-३ बिराटपोखरी, सिद्धि बिनायक कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर, राधाकृष्ण कृतन मण्डली बिर्तामोड-९ धनबीरबाडी र गरमकाली कृतन मंडली बिर्तामोड-९ कन्चनटोलका अध्यक्ष तथा प्रतिनिधीहरुलाई खदा र भजनको पुस्तक बितरण गरि सम्मान गरेको आयोजक मनकामना काली कृतन मण्डलीका सहसचिव राम प्रसाद खनालले जानकारी गराए भने उक्त कार्यक्रममा प्रत्येक मण्डलीले आ-आफ्नो तर्फबाट एक एकवटा उत्कृष्ठ भजन समेत प्रश्तुत गरेका हुन्।

श्रावण महिना दैनिक भजन कृतनका संयोजक तथा मनकामना काली मन्दिरका जग्गा दाता डिल्ली राम पाठकको अध्यक्षता तथा मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिका अध्यक्ष धुर्ब प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न कृतन मण्डलीका तर्फबाट,पदम प्रसाद पाठक,गीता भण्डारी,मन प्रसाद उप्रेती,राधिका संग्रौला,पुण्य प्रसाद प्रसाई,बबिता मिश्र पाठक,केशव मैनाली,यज्ञराज श्रेष्ठ,अर्जुन उप्रेती लगायतको उपस्थिति रहेको हो।

बालिकाहरुको नृत्य प्रतियोगितामा प्रथम हुने आरध्या निरौला,दित्तिय हुने दिपशिखा बस्नेत,तृतिय हुने आरोही न्यौपाने,सान्तवना हुने संस्कृत्ति तामाङ्ग सहित राम्रो भजन गाउने टिका माया शिवाकोटी,माताको राम्रो सेवा गर्ने राधिका संग्रौला,श्रावण महिना भरि धेरै भजनमा उपस्थित हुने नरमाया कटुवाल, बाल ढोलक बादकद्धृय कलाकार आर्यन संग्रौला, प्रज्वल सुबेदी बाल भजन गायक इभान गौतम र आराध्या सेढाँईलाई कार्यक्रमका प्रमुख अतिथिले पुरस्कार बितरण गरिएको कार्यक्रममा सहयोगीहरु मिलन खतिवडा,लील कुमार निरौला,अर्जुन तामाङ्ग,टोम प्रसाद तिवारी,कमल अधिकारी,आयूष चूडाल,निशा पाठक गौतम,निम कुमारी पाठक,अजित राई लगायतलाई धन्यबाद जनाईएको कार्यक्रममा मनकामना काली मन्दिरका तर्फबाट उपाध्यक्ष यूवराज पाठक, निर्माण संयोजक टेकेन्द्र थापा तथा सदस्य रघुनाथ पाठकको उपस्थिति रहेको हो भने प्रमूख अतिथि शिवाकोटी लगायतले कार्यक्रम सफलताको शुभकामना राखेको कार्यक्रको संचालन सचिव मिलन आलेले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...