Skip to main content

ओरेन्ज समाचार

दिल खोलेर नाँचे, दर खाँदै बिर्तामोडका महिला

Advertisement

१५ भदौ,बिर्तामोड

महिला संघ बिर्तामोड-९ ले आयोजना गरेको तीज विशेष कार्यक्रममा महिला दिदि बहिनीहरु दिल खोलेर नाँचेका छन्। आज महिला संघ बिर्तामोड-९ को आयोजनामा उद्रकान्त स्मृति प्रतिष्ठान बितामोड-९ को हाताभित्र तीज विशेष कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा दर खाने कार्यक्रमसँगै अन्य रोचक प्रतियोगितात्मक बिबिध कार्यक्रम समेत संचालन गरिएको आयोजक बिर्तामोड-९ महिला संघले जानकारी गराएको हो।

महिला संघ बिर्तामोड-९ सभापति कौशिला सिटौलाको समापतित्व तथा नेका प्रदेश १ सदस्य रञ्जिता कार्कीको प्रमुख आतिथ्यता तथा बिशिष्ट अतिथिहरु महासमिति सदस्य सिता पौड्याल,भूमा घिमिरे, प्रदेश सदस्य खड्ग बस्नेत जिल्ला सदस्य जल कुमार गुरुङ्ग, पार्बता गिरी, तारा कार्की, नारायण प्रसाद पौड्याल, उद्रकान्त स्मृति प्रतिष्ठानका जग्गा दाता धनलाल राजबंशी,कुल्की राजबंशी,अध्यक्ष खगेन्द्र मैनाली, उपसचिव निरुपा राजबशी लगायतको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथिहरु जलकुमार गुरुङ्ग,खगेन्द्र मैनाली लगायतले तीज नेपाली हिन्दु महिला हरुको महान पर्ब भएकोले महिला संघ बिर्तामोड-९ ले यसको आयोजना गरि सम्पूर्ण महिला शक्तिलाई एक जूट हुन तीज मार्फत गरिएको यस्तो किसिमको आव्हान तथा प्रोत्साहनको खुलेर प्रसंसा गरे तथा तीज मिलन कार्यक्रमको शुभ कामना व्यक्त गरे।

हरितालिका तीजको शुभकामना आदान प्रदान व्यक्त गर्ने कार्यक्रम पश्चात महिला दिदिबहिनीहरुले दर खाएर आकर्षक नृत्य प्रश्तुत गर्नुका साथै म्यूजिकल चियर,हन्डी फुटाई र सियोमा धागो उन्ने प्रतियोगितात्मक कार्यक्रममा भाग लिएका हुन्। जसमा म्यूजिकल चियर तर्फ निम्ता राजबंशी प्रथम, रेखा चुडाल द्धित्तिय र प्रकृति पाठक तृतिय भएका हुन् भने हन्डी फूटाई तर्फ दिपिका राजबंशीले पुरस्कार प्राप्त गरिन त्यस्तै सियोमा धागो उन्ने प्रतियोगितामा रिमा तामाङ्ग प्रथम, सुहाना आर्चाय द्धित्तिय र दिपशिखा दंगाल तृतिय भए। प्रतियोगितात्मक खेलकूद कार्यक्रमको सहजीकरण आशिष लिम्बु, खड्ग बस्नेत, गोबिन्द राजबंशी, कल्पना पौडेल श्री पाठक लगायतले गरेका हुन् । बिजेतालाई प्रमुख अतिथि लगायतले पुरस्कार बितरण गरेका हुन्।

स्थानिय सन्थाल जातिका दिदि बहिनीहरुले सन्याल तथा तामाङ्ग जातिका तामाङ्ग नृत्य लगायतका नृत्य समेत प्रश्तुत गरिएको उक्त कार्यक्रमको स्वागत बिर्तामोड-९ नेका सभापति बासु अधिकारी र संचालन सचिव बिष्णु पाठकले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...