Skip to main content

ओरेन्ज समाचार

बिराटपोखरी विश्व हिन्दु महासंघको मन्दिरबाट नगद चोरी

Advertisement

चोरी भएको दानपेटिका देखाउँदै अध्यक्ष संग्रौला
१४ भदौ,झापा

केहिदिन देखि मठ मन्दिर शिवालयका दानपेटिका चोरी गरि नगद लैजाने घटनामा बृद्धि भैरहेको छ। चोरले आफ्नो निशानामा यस्ता धार्मिक स्थलहरुलाई अहिले प्राथमिकतामा राख्ने गरेको पाईन्छ। जत्ति नै सजग हुँदा पनि चोरको  नेत्र चोरी तर्फ नै हुने गर्दछ अतः उनीहरु घरका सामाग्री नगदका साथै सार्बजानिक मठ मन्दिरका दान पेटिका वा अन्य भौतिक सामाग्री चोरी गर्न तर्फ हाल उन्मूख भै रहेको पाईन्छ ।

गत बर्ष बिर्तामोड-३ स्थित दुर्गा मन्दिरको दानपेटिकाबाट नगद चोरी भयो। सोही बर्ष बिर्तामोड-३ कै सतानु सिंह  राजबंशी स्मृति प्रतिष्ठानका भौतिक सामाग्री चोरी भयो । केही महिना अगाडी बिर्तामोड-१० शिवालय चोकको शिवालयबाट दुई पटक पटक पटक गरेर भौतिक सामाग्री लगायत नगद चोरी भएको घटना छ। बिराटपोखरीकै अदैत्त संस्थाको भवनबाट यसै बर्ष गुरुपूर्णिमा को दिन नगद चोरी भएको छ। यि यस्ता घटनाले हाल चोरी कार्यमा संलग्न ब्यात्तिहरु मठ मन्दिर शिवालयका दान पेटिका चोरी गर्न तर्फ आकर्षित भैरहेको पुष्टि गर्दछ। यि बाहेक अन्यत्रका मठ मन्दिरमा समेत चोरको आक्रमण भएको सुनिनमा आएको हो।

यस्तै चोरीका घटना भैरहेको समयमा केही दिन अगाडी विश्व हिन्दु महासंघ बिर्तामोड-३ बिराटपोखरीको पंचमुखि बजरङ्गबली मन्दिरको दान पेटिकाबाट नगद सहित भित्रको भवनबाट समेत केही नगद चोरले चोरी गरि लगेको विश्व हिन्दु महासंघ झापा अध्यक्ष मोहन उप्रेतीले जानकारी गराए। दिउसोको समयमा भक्तजनहरुको सुबिधाको लागि मन्दिर तथा भवनको ढोका खुल्लै राख्ने र पूजारी परिवार सुरक्षाको लागि रहने मन्दिरबाट एक्कासी मन्दिरका मान्छे केही क्षण वरपर गएको समयमा नगद चोरी भएको मन्दिर समिति अध्यक्ष राधिका संग्रौलाले जानकारी दिइन्। गत भदौ तीन चार गते तिर यो घटना भएको हो संग्रौलाले बताईन् ।

यस्ता खाले चोरीका घटनाले बिराटपोखरी आसपास स्थानियमा त्रास श्रृजना भएको र भबिष्यमा ठ्लै चोरीका घटना हुन सक्छ कि भन्ने भय स्थानियमा उब्जाउ भएको र सजग हुनुपर्ने धारणा समेत संग्रौलाले  राखिन् । चोरीका घटनामा संलग्नलाई पहिचान गरि सुरक्षा निकायले सजाय र सार्बजानिक गर्नुपर्ने  उनको धारणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...