२७ असार,झापा बुद्धशान्ति-२ झापा खतिवडा चोक पश्चिम एक व्यक्ति आफ्नै खेतमा आली लगाउदा मृत अवस्थामा भेटिएका छन्। स्थानिय सुशिल घिमिरे मृत भेटिएका हुन्। बुधबार अन्दाजी दिनको बारह बजे तिर आफैले आली लगाएको खेतमा करिब सद्चालिस बर्षिय घिमिरेलाई खेतमा मृत भेटिएपछि स्थानिय छिमेकीहरुले प्रहरीलाई खबर गरेका हुन् । पछि प्रहरीले उनको शवलाई आवश्यक कारबाही र पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल लगेको घिमिरेका स्थानिय छिमेकीले जानकारी गराए।
२७ असार,रौतहट रौतहटको ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको छ। घटना पछि प्रहरीले गरेको अनुसन्धान र प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ। घटना लगतै मङ्गलवार राती पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् बुधवार दुई जना अभियुक्त दशई साह र रोशन साहलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक…
२६ असार,झापा झापाको खुदुनाबारी–शनिश्चरे सडक अन्तर्गत बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । बर्षातको कारण पूल चर्किएको हो । अविरल परेको वर्षाका कारण अर्जुनधारा नगरपालिका-७ गढीस्थित खुदुनाबारी–शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेकोले उक्त पुलबाट चल्ने सवारी साधन बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको हो ।
२५ असार,भद्रपुरबैदेशिक रोजगारीको क्रममा मलेसियामा बिरामी भै अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू भद्रपुर नगरपालिकाकै पहलमा घर आएका छन् । वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत लिम्बु नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको भद्गपुर नगरपालिकाले जनाएको हो । गत १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका लिम्बू बिरामी अवस्थामा अलपत्र परेको समाचार संचारमाध्यममा प्रकाशित भए पछि लिम्बुको घरफिर्तीको पहल भएको जनाईएको हो ।
बिर्तामोड, २५ असार बिर्तामोड नगरपालिका वडा १० मा १३ महिने बालिका बालकोनी बाट खसेर गम्भीर घाइते भएकी छिन । तेलकानी बस्ने बुबा साङ्गे शेर्पा र आमा जुनु शेर्पाको छोरी कुसुम शेर्पा बिर्तामोड नगरपालिका वडा १० को कार्यालय भवनको छतबाट खसेर घाइते भएको र बि एन्ड सी हस्पिटलमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
२४असार,झापा झापा बाह्रदशीको पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति बाह्रदशी गाउँपालिका वडा नम्बर २ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो । डुबेको अबस्थामा राजबंशीलाई फेला पारी स्थानीयले मृतकको शव पैनीबाट बाहिर निकालेका हुन् । शवनजिकै साईकल समेत फेला परेको हो भने थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीको भनाई छ ।
बिर्तामोड,२१ असार अन्तर्राष्ट्रिय झापाली समाजको पहलमा रोटरी क्लब अफ काष्ठमण्डपले बिर्तामोड - ९ का ९० वर्षीया बोमादेवी अधिकारी, ७६ वर्षीया हिमा श्रेष्ठ र ७ वर्षीय उत्सव श्रेष्ठलाई ह्वील चियर प्रदान गरेेेको हो। स्थानीय पञ्चकन्या टोलस्थित पञ्चकन्या मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वरिष्ठ कलाकार तथा रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य अशोक शर्मा र अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाले संयुक्तरूपमा उनीहरुलाई ह्वील चियर हस्तान्तरण गरेका थिए। स्थानीय समाजसेवी तुलसीराम काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, झापाली समाजका अध्यक्ष ढुंगाना, बरिष्ठ कलाकार तथा रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य…
२१ असार,बिर्तामोड गएराति एक बजे बिर्तामोड नगरपालिकाका जे.सी.भी. चालक राजुमान लिम्बूको असमायिक निधन भएको जनाउँदै बिर्तामोड नगरपालिकाले मृतकको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दै एक्काईस असारमा शोक बिदा दिने निर्णय गरेको छ। प्रमूख प्रशासकिय अधिकृत राधा कृष्ण खतिवडाको हस्ताक्षर सहितको शोक व्यक्तब्यमा शोकको यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा बिर्तामोड नगपालिकाको तर्फ बाट गहिरो समबेदना प्रकट समेत गरिएको हो।