बिर्तामोड, ३० असोज बिर्तामोड नगरपालिका वडा न. ९ मा रहेको बुधकोष ग्रामदेवी दुर्गा मन्दिरमा आज साँझ भएको एक औपचारिक कार्यक्रममा मन्दिरलाई मूर्ति दिने घोषणा भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय राजवंशीको सभापतित्व र समाजसेवी छत्र गिरीको प्रमुख आथित्यतामा नवरात्र दुर्गा पुजाको छैटौं दिनको कार्यक्रम सम्पन्न भएको छ । अतिथिहरूमा सहरी खानेपानी व्यवस्थापन समितिका अध्यक्ष मेघराज बास्तोला, समाजसेवी वासु अधिकारी, समाजसेवी गोविन्द सुवेदी, समाजसेवी गुरु दमन रिमाल र ग्रामदेवी मन्दिर पूजा समिति अध्यक्ष प्रदिप राजवंशी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा प्रमुख अथिती छ्त्र गिरीले भारतको राजस्थानबाट दुर्गा लगायत अन्य आवश्यक मुर्तिहरु ल्याउने र मन्दिर समितिलाई हस्तान्तरण गर्ने…
रोङ, २७ रोङ गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माण सम्पन्न, करिब ६३५ प्रश्नको तथ्यांक संकलन । इलामको रोङ गाउँपालिकाले गाउँपालिकाको समग्र वस्तुस्थिति समेट्ने ‘डिजिटल प्रोफाइल’ निर्माणको अन्तिम अन्तरक्रिया सम्पन्न गरेको छ। गाउँपालिकाका विभिन्न क्षेत्रसँग सम्बन्धित तथ्यांकलाई डिजिटल प्लेटफर्ममार्फत संकलन, विश्लेषण र व्यवस्थित गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यमा रोङका ५८ वटै टोल विकास संस्थाबाट १/१ जना सर्वेक्षक नियुक्त गरी तथ्यांक संकलन गरिएको छ। कार्यक्रममा ६३५ वटा प्रश्नमा आधारित तथ्यांक संकलन तथा विश्लेषणको अन्तरकृया सम्पन्न भएको जनाइएको छ। डिजिटल प्रोफाइलमा गाउँपालिकाको समग्र वस्तुस्थिति समेटिएकाले आगामी दिनमा नीति, नियम तथा योजना निर्माण गर्न र स्थानीय तहको व्यवस्थापकीय कार्यसम्पादनलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा…