२१ भदौ,बिर्तामोड भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्…
२१ भदौ,बिर्तामोड बिर्तामोड-३ बिराटपोखरीमा धुमधामका साथ हरितालिका तीज मनाईयो। यस दिन महिलाहरुले आफ्नो पतिको लामो आयुको कामना गर्दै बिहान शुद्ध भएर भगवान महादेबको पूजा आजा गरि दिनभर पानी पनि नखाई निराहार ब्रत बस्ने परम्परा छ । बिहानै देखि बिराटपोखरीको वरिपरिका मन्दिर लगायत अन्य मन्दिरहरुमा ब्रतालु र श्रद्धालु महिलाहरुको भिडभाड देखिएको हो। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत…
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-१० मा रहेको शिवालय हाटबजार व्यवस्थापन समितिको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ। शिवालय टोलमा गत वर्षदेखि सञ्चालनमा रहेको शिवालय हाटबजारमा एक दिवसीय स्वास्थ्य शिविर, सम्मान, मनोरञ्जनात्मक लठ्ठा तान्ने खेललगायत विविध कार्यक्रमसहित हाटबजार समितिले वार्षिक उत्सव सम्पन्न गरेको हो। शिवालय हाटबजार व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिका-१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत सदस्य संगीता भण्डारीले गरेकी थिइन्। समितिका अध्यक्ष तथा जग्गादाता श्रेष्ठले स्थानीय बृद्धबृद्धा बुबाआमाले टाढाको बजार भर्दा देखिएको कठिनाइ र सास्तीमा सहजता होस् भनेर हाटबजारको स्थापना गर्न…