२८ असार,झापाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसदबाट विश्वासको मत लिन लागेका थिए तर उनले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सकेनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र प¥यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् । उनको विपक्षमा १९४मत परेको हो । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराए संसद्का दुई ठूला दलबीच संविधान संशोधनलगायत सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी असार…
२७ असार,काठमाण्डौं सरकारले देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने परिस्थितिमा तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आजको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रबक्ता तथा मन्त्री रेखा शर्माले उक्त कुरा बताउनु भएको हो । यस अघि मन्त्रिपरिषद् बैठकले जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा झापा लगायत २८ जिल्लामा आगामी श्रावण एक देखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो।
२७ असार,झापा बुद्धशान्ति-२ झापा खतिवडा चोक पश्चिम एक व्यक्ति आफ्नै खेतमा आली लगाउदा मृत अवस्थामा भेटिएका छन्। स्थानिय सुशिल घिमिरे मृत भेटिएका हुन्। बुधबार अन्दाजी दिनको बारह बजे तिर आफैले आली लगाएको खेतमा करिब सद्चालिस बर्षिय घिमिरेलाई खेतमा मृत भेटिएपछि स्थानिय छिमेकीहरुले प्रहरीलाई खबर गरेका हुन् । पछि प्रहरीले उनको शवलाई आवश्यक कारबाही र पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल लगेको घिमिरेका स्थानिय छिमेकीले जानकारी गराए।
२७ असार,रौतहट रौतहटको ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको छ। घटना पछि प्रहरीले गरेको अनुसन्धान र प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ। घटना लगतै मङ्गलवार राती पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् बुधवार दुई जना अभियुक्त दशई साह र रोशन साहलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक…
२६ असार,झापा झापाको खुदुनाबारी–शनिश्चरे सडक अन्तर्गत बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । बर्षातको कारण पूल चर्किएको हो । अविरल परेको वर्षाका कारण अर्जुनधारा नगरपालिका-७ गढीस्थित खुदुनाबारी–शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेकोले उक्त पुलबाट चल्ने सवारी साधन बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको हो ।
२५ असार,भद्रपुरबैदेशिक रोजगारीको क्रममा मलेसियामा बिरामी भै अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू भद्रपुर नगरपालिकाकै पहलमा घर आएका छन् । वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत लिम्बु नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको भद्गपुर नगरपालिकाले जनाएको हो । गत १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका लिम्बू बिरामी अवस्थामा अलपत्र परेको समाचार संचारमाध्यममा प्रकाशित भए पछि लिम्बुको घरफिर्तीको पहल भएको जनाईएको हो ।
बिर्तामोड, २५ असार बिर्तामोड नगरपालिका वडा १० मा १३ महिने बालिका बालकोनी बाट खसेर गम्भीर घाइते भएकी छिन । तेलकानी बस्ने बुबा साङ्गे शेर्पा र आमा जुनु शेर्पाको छोरी कुसुम शेर्पा बिर्तामोड नगरपालिका वडा १० को कार्यालय भवनको छतबाट खसेर घाइते भएको र बि एन्ड सी हस्पिटलमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
२४असार,झापा झापा बाह्रदशीको पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति बाह्रदशी गाउँपालिका वडा नम्बर २ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो । डुबेको अबस्थामा राजबंशीलाई फेला पारी स्थानीयले मृतकको शव पैनीबाट बाहिर निकालेका हुन् । शवनजिकै साईकल समेत फेला परेको हो भने थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीको भनाई छ ।