२३ भदौ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म २०१२ भन्दा बढीकाे मृत्यु भएको छ भने २०५ ९ जना घाइते भएको छन । ७.२ रेक्टरको भुकम्पले गर्दा कैयौं भवनहरु ढलेका छन् भते जनजीवन अस्तव्यस्त भएका छन् । मोरक्कोमा १२० बर्षको इतिहासमा यो सबैभन्दा ठूलो भुकम्प हो । शुक्रबार राति ११ :११ बजे भएको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रवारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । सरकारी अधिकारीहरूका अनुसार…
काठमाडौँ । समाज, राजनीति, दर्शन आदिसँग जोडिएका हरेक पक्षहरूको अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित हुँदै ज्ञानशाला अनुसन्धान केन्द्रको स्थापन गरिएको छ । राजधानीको नयाँबजार स्थित उत्तम चोक, खुशीबुमा सो केन्द्रको स्थापना गरिएको छ । २०८० साल भाद्र २४ गते औपचारिक रूपमा उद्घाटन गरिएको अनुसन्धान केन्द्रले समाज तथा राजनीतिसँग जोडिएका हरेक विधाहरूको अध्ययन तथा अध्यापन गराउने केन्द्रका अध्यक्ष भोला ढकालले बताउनु भयो । अनुसन्धानमूलक विषयहरूमा केन्द्रित हुनुका साथै विभिन्न भाषा कक्षाहरू, शिक्षक तथा मन्टेश्वरी तालिम, सेयर तथा लेखा तालिम, नेतृत्व विकास कार्यशाला, कविता तथा कथा लेखन कार्यशाला, बाल साहित्य लेखन, आधारभूत आमसञ्चार तालिम, योगा तथा नृत्य अभ्यास जस्ता विषयहरूमा पनि क्रियाशील भइने…
काठमाडौँ । परम्परागत शैलीभन्दा फरक तरिकाले स्मृति शेष खगेश्वर ढकालको दोस्रो स्मृति कार्यक्रम सम्पन्न गरिएको छ । २०८० भदौ २२ गते शुक्रवारका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको हलमा सो कार्यक्रम सम्पन्न गरिएको हो । ढकाल परिवारका सदस्य तथा स्मृति शेष खगेश्वर ढकालका शुभचिन्तकसमेतको सहभागितामा स्मृति कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा स्मृति शेष खगेश्वरको जीवनका विभिन्न पक्षका बारेमा चर्चा–परिचर्चा गरिएको थियो ।’ बुबाले हामीलाई छोडेर जानुभयो । मृत शरीर नरहे पनि उहाँका विचार युग–युगसम्म कार्यान्वयनको विषय रहिरहने छन्’ स्मृति कार्यक्रमको अवसरमा उहाँका छोरा डा. चूडा ढकालले बताउनुभयो । स्मृति कार्यक्रममा आफ्नो धारणा राख्दै खगेश्वर ढकालकी बुहारी तथा प्राज्ञ सदस्य डा.कौशीला रिसालले कतिपय…
ब्रसेल्स । फासिवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा गर्दै साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नेपालबाट सुवास जिसीलाई उपाध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित सहअध्यक्ष सुवाज जि.सी.सँग अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा सम्पर्क गर्दा, ‘युनाइटेड फ्रन्टको प्रथम सम्मेलन उत्साहप्रद रूपमा सम्पन्न भएको तथा निर्वाचित नयाँ समितिको छिटै बैठक बसेर विस्तृत योजनाहरू बनाइने’ बताउनुभयो । विश्वका करिब ४६ देशका १२४ प्रतिनिधिसहित करिब ६५० सहभागीको उपस्थितिमा सेप्टेम्बर ३ देखि ६ (२०२३) सम्म जर्मनीमा सो सम्मेलन सम्पन्न भएको हो ।अन्तर्राष्ट्रिय सम्मेलनले नौ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । पेरूका एडिथ लुज…
ललितपुर । क्यान्सर विजेताहरुहरु लाई विभिन्न हौसला प्रदान गर्दै आइरहेको नेपाल क्यान्सर सर्ववाइवर सोसाइटीले तीज पर्वको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । तीजका गीतमा छमछमी नाच्दै रमाइलो गर्दा पनि विभिन्न मानसिक तनावहरूबाट धेरै राहत हुने सोसाइटीकी अध्यक्ष प्रमिता खनाल बताउनुहुन्छ । ललितपुरको कुमारीस्थित बिरयानी अड्डामा १०० जना सर्ववाइवरहरुको सहभागितामा यस प्रकारको मनोरञ्जनात्मक कार्यक्रम भाद्र १८ गते सम्पन्न गरिएको आयोजकहरूले जानकारी गराउनुभएको छ ।
– नारायण गिरी स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास) इजरायलको जेरूसेलमा अवस्थित हिब्रू विश्वविद्यालयका प्रोफेसर डा. युवाल नोआ हरारीद्वारा लिखित अत्यन्तै चर्चा पाएको पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०११ मा प्रकाशित भएको हो र त्यतिबेलादेखि नै यो अति धेरै चर्चामा आएको थियो। मानव इतिहासलाई आश्चर्यचकित रूपमा स्पष्ट गरिदिने यो पुस्तकलाई अन्तर्राष्ट्रिय स्तरमा नै अति धेरै रूचाइएको देखिन्छ। यो पुस्तक ४० भन्दा बढी भाषाहरूमा अनुवाद भएर संसारका सबै ठाउँमा पुगेको पाइन्छ। स्यापियन्समा मानव इतिहासको विस्तृत विवरण उल्लेख गरिएको छ। यसलाई ग्रन्थ भन्दा पनि प्रामाणिक दस्तावेजको रूपमा समेत लिने गरेको देखिन्छ। यसमा लेखिएका तथ्यहरूलाई अस्वीकार गर्न सकिंदैन। हामीले अहिलेसम्म पढेका मानव…
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन् । उनीहरूले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरू प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । कार्यालयका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्क पर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरू ठुलो रकम गुमाउन पुगेका हुन् । अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत रु पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो । “क्यानडा…
दाङ । पिठ्युँमा झोला, एक हातमा लट्ठी। तर हिँडाइमा भने रफ्तार हुन्छ– दाङ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको। उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन। अहिले तिनै डाँगी दैनिक विद्यालय जान्छन्। कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको दैनिकी हिजोआज विद्यालयका बालबालिकासँग बित्न थालेको छ। उनले पनातिसमेत देखिसकेका छन्। तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग यति बेला डाँगी कक्षा १ मा पढिरहेका भेटिन्छन् । चालु शैक्षिक सत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन्। सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनले पढ्न विद्यालय छ। डाँगी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्। ‘सानोमा पढ्न पाइनँ, गाउँमा…
काठमाडौँ । विदेशमा अध्ययनका लागि नेपाली विद्यार्थीले एक वर्षमा १ खर्ब रुपैयाँ बाहिर लगेका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा ३२ अर्ब ३० करोड रुपैयाँले बढी रकम विदेश लगेको उल्लेख छ । शिक्षातर्फ व्यय १ खर्ब ४२ करोड भएको छ भने अघिल्लो वर्ष ६७ अर्ब ७० करोड रहेको थियो। समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ जबकि अघिल्लो वर्ष ९७ अर्ब ३२ करोड रहेको छ। वस्तुसँगै आर्थिक वर्ष २०७९/८० मा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा रहेको छ। नेपालमा पर्यटक…