काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
स्कुले जीवनमा नेपालको पर्यटनबारे धेरै सुनेको, पढेको र लेखेको थिएँ तर पर्यटन मन्त्रालयका बारेमा मलाई थाहा थिएन । जनताको मुक्तिबाहेक पद–प्रतिष्ठाको सपना नबोकी गाउँबाट हिँडेको यात्री म, कालान्तरमा सिंहदरबारमा पर्यटनमन्त्रीका रूपमा काम गर्न पुगेँ । मन्त्रालयमा रहँदा दैनिक १६ घन्टा काम गरेँ । त्यसबिचमा बिहानदेखि बेलुका अबेरसम्म काम गर्दा धपेडीले मलाई अल्सर भयो । मेरो ढाड दुख्यो । खाने र सुत्ने ठेगान भएन । किनकि म आफ्नै शरीर घोटेर परिणाम देखाउन चाहन्थे । पर्यटन मन्त्रालय जहाज र क्यासिनोको मन्त्रालयजस्तो मात्रै थियो । म गएदेखि संस्कृति र पर्यटनमा पनि फोकस भएँ । त्यसमा चिन्तन–मनन गर्दै विभिन्न मान्छेहरू भेट्दै आफ्नै मनलाई सोध्दै…
काठमाडौँ । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो । लेखक पराजुली निमोनियाका कारण अस्पतालमा उपचारार्थ भर्ना हुनु भएको थियो । २०२१ वैशाख १३ कोटेश्वरमा जन्मनु भएका पराजुलीको प्रथम कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशन भएको थियो । पराजुलीका कथासङ्ग्रह जन्तर मन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उहाँको ‘कोटेश्वरको केटो’ संस्मरण सङ्ग्रहले निकै चर्चा बटुलेको थियो । पत्रकारितामा पनि उहाँ निकै सशक्त रूपमा लाग्नु भएको थियो । उहाँले हिमाल खबर पत्रिका, नागरिक…
-डा. कौशिला रिसाल कोदो गोड्दै गर्दा बालेभन्ने गरेका दन्त्यकथा रआमाले गाएका श्रमका गीतमालठ्ठ पर्दै बालवयमासधैँ खुसीको हिमाल बोकेरपहाडको काँध चढीतराई हेर्ने मेरो आँखाको मनसुनकोसी, तामाकोसी र तमोर तरेरमेचीको पवित्र पानीमाआह्लादित हुनपुग्थ्यो, कर्णालीको तुइन झुन्डिएरपनि विस्मित थिएन,समयको पल । तरकोइलीको मधुर स्वरमाझरनाको मिठो गीत गाउँदैमसँगै हिँडिरहनेसगरमाथाको आकाशमलिन लाग्छ अचेलमाछापुच्छ«ेको हेराइउदास देख्छुडाँफे र मुनालकोगीतमा मुजुरको छमछमी छैन । उमेरको उकालोसँगैबढ्दो रहेछ जिम्मेवारी,देश घाइते हुँदासबैभन्दा बढ्ता दुख्दो रहेछआफ्नै मुटु,आँखा चिम्लिँदा पनिमाटोको सिमानादेखिरहन्छ पीडाका आकारहरूमा । मलाई राम्रो सम्झना छ,मेरा भूगोल विषयका देशभक्त गुरुर उनले पढाएको माटोको सिमाना । देशको नक्साभित्र बसेरग्रेटर नेपालको क्षेत्रफलअर्थात्तीन लाख चौतिस हजारदुई सय पचास वर्ग किमीर अर्को, सम्झन्छुदुई लाख,…
२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…