Skip to main content

ओरेन्ज समाचार

ओरेन्ज एक्साभेटर मिडिया प्रालिको साधारण सभा सम्पन्न

Advertisement

१७ असार,बिर्तामोड

ओरेन्ज एकसाभेटर मिडिया प्रालि बिर्तामोड-१० को साधारण सभा सम्पन्र भएको छ। यस मिडियाद्वारा  संचालित ओरेन्ज समाचार अनलाईन  रहेको हो।

मिडियाका अध्यक्ष सुरेश थापा आले मगरको अध्यक्षता, बिर्तामोड-१० का क्डा अध्यक्ष दुर्योधन गुरुङ्गको प्रमूख आतिथ्यता, बिर्तामोड-१० का वडा सदस्यहरू धनमाया श्रेष्ठ, दिपिका शिवा, पृथ्वी बस्नेत  समाजसेवी कमल खतिवडा लगायतको बिशिष्ट आतिथ्यतामा बिर्तामोड-१० स्थितको जेष्ठ नागरिक सभा भवनमा कार्यक्रम सम्पन्न भएको हो।

सामूहिक रुपमा नेपालको राष्ट्रिय गान गाएर उद्घाटन गरिएको कार्यक्रममा मिडियाका अध्यक्ष सुरेश थापाले बर्षिक प्रगति बिवरण प्रश्तुत गर्नुका साथै भबिष्यको योजनाबारे प्रकाश पार्दै मिडियालाई सबै क्षेत्र तह र तप्काबाट सहयोग गरिनु जरूरी भएको बताए साथै भबिष्यमा बिर्तामोड-१० मा एउटा एफएम रेडियो संचालन गर्नको निमित्त अध्ययन समेत भैरहेको उनले बताए । त्यस्तै मिडियाका सल्लाहाकार रत्न बहादुर बस्नेतले आउदा दिनमा मिडियाले गर्नु पर्ने कार्य सरल सहज बनाउँदै जनमानसमा प्रश्तुत हुनुपर्ने जनाए । प्रमुख अतिथि गुरुङ्गले बिर्तामोड-१० का राम्रा कामको समाचारहरु निष्पक्ष ढंगले पत्रकार हरुले प्रश्तुतु गरिदिनु पर्नेमा जोड दिए। बिर्तामोड-१० का थुप्रै राम्रा कामका समाचारहरु अझै पनि बाहिर आउन नसकेको  धारणा उनको रहयो।

मिडियाका उपाध्यक्ष प्रकाश चन्द्र बरालले आर्थिक बिवरण प्रश्तुत र सहसचिव सन्तोष बेघाले स्वागत गरेको कार्यक्रममा मिडियाका कोषाध्यक्ष चन्द्र राईले कार्यक्रमको सहजीकरण र सचिव यज्ञराज श्रेष्ठको संचालन रहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...