झापा, १४ असोज हल्दिबारी-१ मा श्रमदानद्वारा एकल महिला फुलमाया तामाङ्गको घर निर्माण गरिन्दै। श्रम संस्कृति पार्टी हल्दिबारीका अध्यक्ष सुमन नेम्बाङको सभापतित्व तथा केन्द्रिय सदस्य हिमालय प्रकाश कन्दङबाको प्रमुख आतिथ्यतामा हल्दीबारी १ निवासी आर्थिक अवस्था कमजोर एकल महिला फुलमाया तामाङको घर निर्माण कार्य श्रमदान द्वारा गर्न सुरु गरिएको छ । अथितिहरुमा श्रम संस्कृति पार्टी झापाका अध्यक्ष केशव भण्डारी, सदस्यहरु करण खपाङ्गी मगर, प्रताप राई, सल्लाहकार पुर्ण बहादुर लिङदेन लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने घर निर्माण समितिका संयोजक रोनिश बस्नेतले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो र औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अथिति हिमालय प्रकाश कन्दङवाले श्रम संस्कृति पार्टीको नेतृत्वमा झापाका विभिन्न…