Skip to main content

ओरेन्ज समाचार

Day: २०८३ भाद्र २०, शनिबार

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४ अवस्थित पुरानो बिजुली अफिस टोल विकास संस्थाको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा न. ४ पुरानो बिजुली अफिस टोल विकास संस्थाका अध्यक्ष दुर्गा प्रसाद ओझाको सभापतित्व र पूर्व शिक्षक बद्री प्रसाद उप्रेतीको प्रमुख अतिथित्यतामा मिति २०८३ साल भदौ २० गते शनिबारको साझपख संचालन भएको एक औपचारिक कार्यक्रममा एक मिनेट मौनधारण पश्चात दिप प्रज्वलन गरिएको थियो भने कार्यक्रम संचालन समितिका सचिव सुरज शर्माले गर्नु भएको थियो ।
Read More