बिर्तामोड, १८ भदौ बढ्दो दुर्घटनालाई मध्य नजर गर्दै बिर्तामोड-३ अवस्थित बिराटपोखरमा ट्राफिक संकेत बोर्ड राखिएको छ । बिराटपोखरी सरोवर वहुउद्देश्य विकास समितिका अध्यक्ष इन्द्र प्रसाई, बिराटपोखर टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र संग्रौला, विष्णु भगवती इङलिस स्कुलका प्रीन्सिपल पुण्य प्रसाद उप्रेती लगायत व्यक्तिहरुको उपस्थितिमा राखिएको ट्राफिक संकेत बोर्डको सौजन्य पुण्य प्रसाद उप्रेतीले गर्नु भएको हो । प्रहरी सहायक हवल्दार पुजा प्रसाईको नेतृत्वमा बिर्तामोडका आसपास क्षेत्रहरुमा आजभोलि विभिन्न व्यक्ति, संघ संस्थाहरुले सौजन्य गरेको ट्रफिक नियम सग सम्बन्धित बोर्डहरु बाटोको दायाँ र बायाँ भागमा देख्न सकिन्छ । सोहि क्रममा आज मिति २०८३ साल भदौ १८ गते बिहिबारको दिन बोर्ड राख्ने कार्य सम्पन्न भएको…