बिर्तामोड, १६ भदौ १/११ गोर्खा राईफल्स ब्रेवेस्ट अफ द ब्रेव (बटालिक) को ६७ औं स्थापना दिवस समारोह भु.पु. सैनिक बटालिक परिवार झापाको आयोजनामा भदौ १६ गते बिर्तामोडको सिटि सेन्टरको सभाहलमा सम्पन्न भएको छ । भु.पु. सैनिक बटालिक परिवार झापाका अध्यक्ष हनेरी क्याप्टेन नन्दकुमार लिङदेनको सभापतित्व र पल्टनका जेष्ठ नागरिक चिताहाङ योङहाङको प्रमुख आथित्यतामा १/११ गोर्खा राईफल्स ब्रेवेस्ट अफ द ब्रेव (बटालिक) कार्यक्रम मिति २०८३ साल भदौ १६ गते मंगलबारको दिन बिर्तामोडको सिटि सेन्टरमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अथितिहरुमा सुबेदार हस्त बेघा, श्रीमती तिलमाया शेर्मा, यमबहादुर राई,चुणा कर्ण बेघा, तुलाराम लिम्बू, रामप्रसाद लिम्बु, दिलिप सुब्बा लगायत व्यक्तिहरुको…