बिर्तामोड, १३ भदौ नेवा: देय् दबू बिर्तामोडको आयोजनामा गाइजात्रा कार्यक्रम पितृहरुको आत्माको शान्तिको कामना गर्दै मनाइयो । प्रत्येक बर्ष धुमधामका साथ मनाइने गाइजात्रा पर्व यसपाली झापामा सामान्य तरिकाले मनाइएको छ। बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र नेवा: देय् दबू बिर्तामोडका कार्यवाहक अध्यक्ष जङ्ग बहादुर श्रेष्ठको सभापतिमा संचालन भएको एक औपचारिक कार्यक्रममा अथितिहरु नेवा: देय् दबू कोशी प्रदेश पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक इन्द्र बहादुर श्रेष्ठ , बिर्तामोड-६ का वडा अध्यक्ष सुर्य प्रकाश कन्दङवा, बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ,नेवा: देय् दबू केन्द्रीय समिति सचिवालय सदस्य नारायण श्रेष्ठ, केन्द्रीय समिति सदस्य भीमकला श्रेष्ठ, राष्ट्रिय पार्षद् सदस्य गणेशकुमार…