बिर्तामोड, १२ भदौ बिर्तामोडमा सन्थाल समुदायको माझीथान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता र माझी थान निर्माण समितिका अध्यक्ष शान्ति मर्डी को सभापतित्वमा बिर्तामोड नगरपालिका वडा नं ४ अवस्थित सूर्यनारायण टोल विकास संस्थामा रहेको सन्थाल समुदायको मन्दिर माझिथान उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । सन्थाल समुदायको धार्मिक विधिअनुसार बिहान पूजापाठ र दिउसो माझिथान उद्घाटन पश्चात औपचारिक कार्यक्रम रहेको थियो भने कार्यक्रममा माझिथान निर्माणको लागि आर्थिक अथवा श्रमदान गरि सहयोग गर्नु हुने महानुभावहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । अथितिहरुमा बिर्तामोड-४ का वडा अध्यक्ष केशव कुमार श्रेष्ठ, नेपाल सन्थाल विकास संघका अध्यक्ष डिबिलाल…