बिराटनगर, २४ जेठ नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा झापा, मोरङ, सुनसरी र भोजपुरका पत्रकारहरूको समाचार लेखन क्षमता विकासको निम्ति जेष्ठ २२ गते देखि २४ गते सम्म तीन दिने तालिम विराटनगरमा सम्म भएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत बहादुर खड्काको सभापतित्व र विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जेठ २२ गते कार्यक्रम उद्घाटन र आज जेठ २४ गते आइतबारको दिन सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षकहरू यज्ञप्रसाद शर्मा र महाप्रसाद खतिवडा द्वारा प्रदान गरिएको तालिममा समाचार के हो? समाचार कसरी लेखिन्छ? समाचार कहाँ पाइन्छ ? जस्ता…