बिर्तामोड, १९ बैशाख आर सी मूवीले निर्माण गरेको लघु चलचित्र "हाम्रो सामुदायिक वन" को प्रिमियर शो बिर्तामोडको पाथिभरा सिने प्लाजामा प्रदर्शन सम्पन्न भएको छ। कार्यक्रमका संयोजक तथा कलाकार मिसकल थेगिमको सभापतित्व र नवनायक राज श्रेष्ठको प्रमुख आतिथ्यतामा लघु चलचित्र हाम्रो सामुदायिक वनको प्रिमियर शो एक औपचारिक कार्यक्रम पश्चात प्रदर्शन सम्पन्न भएको हो। अतिथिहरूमा चलचित्र निर्देशक रेगन प्रसाई, यलम्बर खम्बु, रोहन सेन्चुरी प्रस्ताव मेचे, तिलक रिजाल, कुमार यङयाङ, चुनाव सिंह योंगाङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो भने जेष्ठ नागरिक दिलमाया लिम्बुलाई सम्मान गरिएको थियो । स्थानिय स्तरमा कम्ति लागतमा बनेको लघु चलचित्र झापाको विभिन्न स्थानहरुमा प्रदर्शनको क्रममा रहेको र विशेष गरि…
बिर्तामोड, १८ बैशाख नमो बौद्ध गुम्बा बिर्तामोडको आयोजनामा २५७० औँ बुद्ध जयन्ती कार्यक्रम २०८३ साल बैशाख १८ गते शुक्रबारको दिन शान्ती र्यालिको साथ विविध कार्यक्रम गरि सम्पन्न भएको छ। बिहानको समयमा धार्मिक विधि अनुसार पूजा पश्चात शान्ति र्याली गर्दै बिर्तामोड नगर परिक्रमा र औपचारिक कार्यक्रम सगै सांस्कृतिक कार्यक्रमको रमाइलो अनि प्रसाद ग्रहण गरी बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भएको हो। नमो बौद्ध गुम्बा बिर्तामोडका अध्यक्ष हस्तबहादुर तामाङको सभापतित्व र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय कोशी प्रदेश पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतित्यतामा भएको औपचारिक कार्यक्रममा अतिथिहरू बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, नेपाल तामाङ गेदुङ कार्य वाहक अध्यक्ष फुलमाया तामाङ, समाजसेवी सुभाष भट्टराई,…