बिर्तामोड, २६ मंसिर श्री महेन्द्र ज्योती मा.बि. को सामाजिक लेखा परिक्षण सुनुवाई ८१/८२ कार्यक्रम र हिमालय डक चिउ एण्ड मनोराम हिमालयन हेन्डिक्रफ्ट द्वारा विद्यार्थीहरुलाई स्कुल पोशाक बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक लेखा परिक्षण सुनुवाई कार्यक्रम बिर्तामोड नगरपालिकाका वडा न. १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र अविभावक संघका अध्यक्ष श्रीप्रसाद सिवाकोटीको सभाप्तित्वमा सम्पन्न भएको उक्त औपचारिक कार्य्क्रममा अथितिहरु शिक्षाप्रेमी ज्ञानुनाथ मैनाली, जनप्रतिनिधि सदस्य धनमाया श्रेष्ठ लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । औपचरिक कार्यक्रममा श्री महेन्द्र ज्योती मा.बि. का प्र.अ. जयकुमार झाले सामाजिक लेखा परिक्षण सार्वजनिक गर्नु भएको थियो भने सहायक प्र.अ. ले स्वागत मन्तव्य राख्नु भएको…
नेशनल प्याब्सन झापाको आयोजनामा जिल्ला स्तरिय अन्तर विद्यालय खेलकुद तथा शैक्षिक प्रतियोगिताको अन्तरगत चित्रकला प्रतियोगिता कनगोइ स्कुल बाह्रदशी र श्रुतिलेख प्रतियोगिता बेबिल्याण स्कुल बिर्तामोडमा सम्पन्न भएको छ । चित्रकला प्रतियोगितामा बाह्रदशी गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष महताब आलमको प्रमुख आथित्यता र कार्यक्रमका आर्थिक संयोजक धिरज नारायण गणेशको सभापतित्वमा सम्पन्न भयो । अथितीहरुमा नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, कनगोइ स्कुल व्यवस्थापन समितीका अध्यक्ष देविप्रसाद गणेश, एमइटी पब्लिक स्कुलका संस्थापक लता अधिकारी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यसै गरि बेबिल्याण्ड स्कुलमा भएको श्रुतीलेख प्रतियोगिताको औपचारिक कार्यक्रममा बेबिल्याण्ड स्कुलका संस्थापक प्र.अ. प्रवासी चौधरीले सभापतित्व ग्रहण गर्नु भएको थियो भने…