ओरेन्ज समाचार

Day: २०८२ मंसिर १२, बिहीबार

हल्दिबारीको भुसुडी खोलामा पुल उद्घाटन कार्यक्रम सम्पन्न।

हल्दिबारीको भुसुडी खोलामा पुल उद्घाटन कार्यक्रम सम्पन्न।

हल्दीबारी, ११ मंसिर  हल्दीबारी गाउँपालिका–२ र ३ को जोडान बिन्दु रहेको लक्ष्मी मावि पूर्वस्थित भुसुडी खोलामा निर्मित पक्की पुल आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ। स्थानीय विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा चिनिएको यो पुल एक करोड ३० लाख रुपैयाँको लागतमा तयार भएको हो। २६.८० मिटर लम्बाइ र ७.५ मिटर चौडाइको सो पुल निर्माणसँगै करिब ५ सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ। उद्घाटन गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन तथा उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा गर्नुभयो। कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विष्णु प्रसाद ओली, कांग्रेस हल्दीबारीका सभापति गंगाप्रसाद प्रसाई, एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटा लगायतका स्थानीय राजनीतिक तथा सामाजिक अगुवाको…
Read More