हल्दिबारी, २२ चैत प्रथम ज्ञान बहादुर तथा थमवती काम्बाङ स्मृति टोल स्तरीय नक-आउट फुटबल प्रतियोगिता २०८१ को आज उद्घाटनको पहिलो दिन कोचाटोली टोल गोलधाप-९ र राम जानकी टोल गोलधाप-५ बिचको कडा प्रतिस्पर्धामा एकको विरुद्ध दुई गोल लगाएर राम जानकी टोल बिजयी भएको छ । फुटबल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष संजोक राईको सभापतित्व र संविधानसभा सदस्य रबिन कोइरालाको प्रमुख आथित्यतामा संचालन भएको औपचरिक उद्घाटन कार्यक्रममा पुर्व गा.वि.स. अध्यक्ष त्रिलोचन मैनाली, भुपाल सिवाकोटी, भिम चाम्लागाई, गिता राई, सरिता न्यौपाने लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बिर्तामोड, २२ चैत बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यता र शिक्षक अभिभावक संघका अध्यक्ष श्रीप्रसाद सिवाकोटीको सभापतित्वमा श्री महेन्द्र ज्योती मा. बि.को प्रङ्गणमा चैत २२ गते शुक्रबारको दिन अभिभावक भेला सम्पन्न भएको छ । प्र. अ. जयकुमार झा र सह प्र. अ. भवानी सिवाकोटीले प्र. अ. जयकुमार झाले कार्यक्रमको औचित्य माथी प्रकास पर्दै विद्यालयको विकासको लागि शिक्षक, व्यवस्थापन समिती सगै अभिभावकहरुले पनि सहयोग आर्थिक र भौतिक रुपमा सहयोग गर्नु पर्ने कुरो बताउनु भयो । लेखा परिक्षक चुडामणि चिमरियाले आर्थिक रुपमा विद्यालय असहज परिस्थितिमा रहेको जानकारी दिनु भयो । सह प्र. अ. स्वरसती खतिवडाले स्वागत मन्तव्य राख्नु भएको…
बिर्तामोड, २१ चैत बिर्तामोड नगरपालिका वडा न. १० शिवालय साइराम चोक अवस्थित जीवन थपलियाको घरमा मा चैत २१ गते बेलुका ७:३० बजे तिर घरमा लगाएको ताल्चा फोरी सुन अडायी तोला, चादी दस तोला, नगद तीस हजार, झर्के थाल २० वटा गरि जम्मा करिब ४ लाख जति चोरी भएको घर धनी जीवन थपलियाका दाई प्रकाश थपलियाले जानकारी दिनु भयो ।