Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ फाल्गुन २४, शनिबार

नमुना टोल विकास संस्थाको सम्मान पत्र बितरण कार्यक्रम सम्पन्न ।

नमुना टोल विकास संस्थाको सम्मान पत्र बितरण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, २४ फागुन नमुना टोल विकास संस्थाका अध्यक्ष गृवराज कन्दङवाको सभापतित्व र बिर्तामोड १० का जनप्रतिनिधि  सदस्य पृथ्वी बहादुर बस्नेतको प्रमुख आथित्यतामा विभिन्न सांस्कृतिक नृत्यको साथमा संस्थाका कलाकार तथा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु मिना गुरुङ, चाम बहादुर जबेगु, छ्त्र बहादुर गुरुङ लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष डिल्लीराम तिवारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सह सचिव बबि गुरुङ राईले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका कलाकारहरुको सांस्कृतिक प्रस्तुतीले कार्यक्रम रोचक र आकर्षक बनाएको थियो ।
Read More