बिर्तामोड, १७ फागुन प्रदेश न. १ कोशी नाम खारेजीको माग सहित बिर्तामोडमा बिरोध र्याली प्रदर्शन र कोट सभा सम्पन्न भएको छ । प्रदेश न. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा बिरोध र्यालीका संयोजक पाण्डवलाल चौधरीले सभाको अध्यक्षता ग्रहण गरेका थिए भने विभिन्न संघ, संस्था, पार्टी र संगठनहरु बाट प्रतिनिधीको उपस्थिति थियो । विरोधसभामा पहिचानवादी नेता तथा निवर्तमान संविधानसभा सदस्य राजकुमार नाल्बो, जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई , जनता समाजवादी पार्टीका झापा अध्यक्ष समर राई, राजवंशी महिला समाज विकास समिति अध्यक्ष सनम राजवंशी, मुकुम्लुङ संरक्षण तथा केवलकार संघर्ष समितिका झापा अध्यक्ष हिमालय…