युमा मुक्कुमलु मेरो बोजू मेरो युमा आज रोइरहेकी छिन् फिरङ्गीहरु आएर सेतै फुलेको केश जगल्टाइरहेका छन् शिरको शिरफूल कानको चेप्टेसुन,नाकको ढुङ्ग्री,बुलाकी गलाको कन्ठहार र रेजीको हार लुट्न राल काढिरहेका छन् अहिलेसम्म त बुढेसकालको लौराले सकिनसकी आत्मरक्षा गरिरहेकी छिन् तर फिरङ्गीहरु लपलपइरहेको जिब्रो र हिंस्रक दाह्रा र नङ्ग्राले कोपर्न लुछ्न साम,दाम,दण्ड र भेद उपयोग गरेर आइरहेका छन् । "ए मेरा सन्तानहरू हो मलाई बचाओ बचाओ!!!" भन्दै गुहार मागिरहेकी छिन् केही सन्तानहरु फिरङ्गीको जालमा फँसेर विवेकसुन्य बनेका छन् केही सन्तानहरु आफ्नी बोजूलाई बचाउन आउँदै छन् तर आफ्नै विवेकसुन्य सन्तानहरु छेकिरहेका छन् यो दृश्य देखेर मेरी बोजू बलिन्द्रधारा आँसु खसालेर रोइरहेकी छिन् मुक्कुमलुङमा…