बिर्तामोड, १५ माघ विद्यालयका अध्यक्ष तोप प्रसाद ओलिको सभापतित्व र कोशी प्रदेश का संसद छवि चुडालको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिर्तामोड नगर प्रमुख पबित्रा महतरा, शिक्षा शाखा उपसचिव तिलचन भण्डारी लगायत व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा विद्यालयको नयाँ भवनको सिल्यान्यास संसद छवि चुडाल र नगरप्रमुख पबित्रा महतराले सयुक्त रुपमा गर्नु भएको थियो भने विद्यालयलाई योगदान दिनु हुने अबिचन्द्र आचार्य, तिलादेवी आचर्य, गुरुभक्त न्यौपाने, भद्रमाया सिवाकोटी, मायादेवी उप्रेती, मिना कुमारी ढुङ्गाना, महेश्वर ओलि, चन्द्रमान राई लगायत सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुको आकर्षक सांस्कृतिक नृत्यहरु सगै शिक्षकहरुको रोचक प्रस्तुती रहेको वार्षिकोत्सबमा स्वागत मन्तव्य तिलचन भण्डारीले राख्नु भएको थियो…