२७ असोज,बिर्तामोड बिजया दशमी टिकाकै दिन बिर्तामोड-१० मुशहर वस्तीका सिताराम मुशहर ऋषिदेवको मृत्यू भएको छ। सोही दिन बेलुका करिब पाँच बजे साँझ मेची प्रादेशिक अस्पतालमा उनको मृत्यू भएको पारिवारिक श्रोतले जनाएको हो। बिर्तामोड-१० बिराटपोखर मुशहर बस्ती सडक किनारामा बस्दै आएका सितारामलाई शनिबार बिहान ६ बजे उनको घरबाट करिब पाँच सय मिटर टाढाको मनकामना मन्दिर बिराटपोखरमा चिन्ताजनक अवस्थामा लडिरहेको भेट्टाइएको जनाईएको हो। उनले शुक्रबार बिहानै घर छाडेका जनाईएको हो। प्रत्यक्षदर्शीका भनाई अनुसार उनी केही मादक पर्दाथ सेवन गरी मातेकै अवस्थामा शुक्रबार नाँच्दै घर घरमा माग्दै हिडेको जनाईएको हो। शुक्रबार बिहान दश बजे स्थानियले मन्दिर परिसरमा उनलाई देखेपछि घर जान आग्रह गरेका हुन्…