ओरेन्ज समाचार

Day: २०८१ आश्विन १७, बिहीबार

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले जेष्ठ सदस्यलाई  नगदसहित सम्मान गरेको छ।

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले जेष्ठ सदस्यलाई  नगदसहित सम्मान गरेको छ।

बिर्तामोड । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले जेष्ठ सदस्यलाई  नगदसहित सम्मान गरेको छ। सहकारीको विषयगत उपसमिति सामुदायिक सरोकार उपसमितिको आयोजनामा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाले झापा,मोरङ र इलाम जिल्लास्थित  आफ्ना ५८ सेवाकेन्द्रमध्ये ४० सेवाकेन्द्रका १हजार ८६ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद पाँचहजारसहित सम्मान गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिए।    यसैविच बिर्तामोड- १० स्थित एनएमसी सैनिकबजार सेवाकेन्द्रले  आफ्ना २१ जना जेष्ठ शेयर सदस्यलाई नगदसहित फूलमाला लगाएर सम्मान  गरेको छ।     संस्थामा आबद्ध जेष्ठ नागरिक महेश्वर पौडेल, विष्णुबहादर राई,धनबहादुर दर्जी, जानुका मैनाली, देवीप्रसाद दंगाल,लक्ष्मी माया राई,पृथी माया राई ,लोक बहादुर राई,किन्द्र…
Read More
सामुहिक जमरा राखेर दशैं भित्र्याईयो,आज घटस्थापना

सामुहिक जमरा राखेर दशैं भित्र्याईयो,आज घटस्थापना

१७ असोज,झापाबिर्तामोड-१० बिराटपोखर मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिको मनकामना काली मन्दिरमा स्थानियले मकै,गहुँ,जौं,धान लगायत अनाजको जमरा राखेर घटस्थापना अर्थात दशैंको पहिलो दिन पालन गरेका छन्। गुरु पुरोहितद्वारा मन्त्रोचारण गरि करिव तीस घर परिवारले सामुहिक जमरा राखेको मनकामना काली मन्दिरका सदस्य डिल्लीराम पाठकले जानकारी दिए। आज राखिएको जमरा उम्रिए पछि बिजया दशमी टिकाको दिन निकालेर टिकासँगै आफन्तजनको शिरमा टिकाको दिन आर्शिबाद दिदैं सिउरी दिने परम्परा हिन्दु धर्ममा रही आएको पाईन्छ।  आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले…
Read More