८ श्रावण,झापाबाबुको हत्या आरोपमा प्रहरीले आफ्नै छोरालाई नियन्त्रणमा लिएको छ ।हल्दिवारी गाउँपालिका वडा नम्बर-२ पाराखोपी बजार पूर्वका सुनिल राजबंशीलाई नियन्त्रणमा लिईएको हो। गएराति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिच्चीको बोटमा शंकास्पद अबस्थामा झुन्डिएको फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा करिव ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिईएको हो । झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको,अनुहारसहित शरीरका विभिन्न…
८ श्रावण,झापाबिर्तामोड-१० वडा कार्यलयमा सेवा लिन आएका एक व्यक्तिको कार्यलय परिसरमै मृत्यू भएको छ। बिर्तामोड -१० सापडिग्री टोल विकास संस्था बस्ने मनमाया गुरुङ्गको पति धन बहादुर गुरुङ्ग (पाँचथरे बुवा) को गत आइतबार मध्याह्न करिब १२:०५ बजे ९५ वर्षको उमेरमा बिर्तामोड नगरपालिका वडा न.-१० वडा कार्यलयमा सामाजिक सुरक्षा भत्ता बुक नबिकरण गर्न आएको समयमा कार्यलय परिसरमै हृदयघातको कारण मृत्यू भएको १० न. वडा सदस्य पृथ्वी बस्नेतले जानकारी गराए। त्यस पछि उनलाई तत्काल अटोमा राखेर घर लगिएको जनाईएको हो । वडा कार्यलयमा राम्रै अवस्थामा गफ गर्दै रहेका गुरुङ्ग कार्यलय परिसरकै अगाडीको घुमाउरो आराम घरमा आराम गर्दै रहेका बेला बेहोस भै मृत्यू भएको बिर्तामोड-१०…