ओरेन्ज समाचार

Day: २०८१ श्रावण ६, आईतवार

झापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार पकाउ

झापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार पकाउ

६ श्रावण,झापाझापाको कन्काईमा काठ मिलको मोटर चोर्ने चार जना पक्राउ परेका छन् ।कनकाई नगरपालिका-६ मन्सापुरमा रहेको महालक्ष्मी समिलबाट काठमिलमा प्रयोग हुने मोटर चोरी गरि विक्री गर्ने स्थानीय ४ युवालाई ईप्रका सुरुङ्गाले पक्राउ गरि आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको प्रहरीले जनाएको हो ।रातीको समयमा कनकाई नगरपालिका-६ का १९ बर्षिय नितेश बुडाथोकी,बर्ष २४ का महेस तामाङ्ग, बर्ष २२ का बिनोद टुडु र बर्ष २० का पारस तामाङ्ग मिलि समिलबाट मोटर चोरी गरि कनकाई नगरपालिका-४ का ३९ बर्षिय ताराप्रसाद तिवारीलाई विक्री गरेका थिए । चोरी कार्यमा सग्लनहरुलाई शनिवार दिउसो साढे १२ बजे चोरी गरिएको मोटरसहित पक्राउ गरि थप कार्वाहीका लागि इलाका…
Read More
पारीको होइन बारीको खाँउ” कार्यक्रमले बिर्तामोडमा सार्थकता पाँउँदै

पारीको होइन बारीको खाँउ” कार्यक्रमले बिर्तामोडमा सार्थकता पाँउँदै

 - यज्ञराज श्रेष्ठ ६ श्रावण,बिर्तामोड बिर्तामोड नगरपालिका कृषिशाखाबाट बिगत छ बर्ष अघिबाट सन्चालित मेयर विषादी मुक्त नगर  कार्यक्रमले अब भने सार्थकता पाउने भएको छ । शुरुको बर्ष देखि सो कार्यक्रमबाट बिर्तामोड नगरमा ११७ जना तरकारी उत्पादक कृषकहरु उत्पादन गरेको र यही साउन ७ गतेबाट "पारिको होइन बारीको खाउ" भन्ने नाराको साथ ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरू क्रमश: उदघाटन गरी सन्चालन हुने जनाईएको हो।  उक्त केन्द्रहरूमा बिर्तामोड नगरमा उत्पादन भएको बिषादी नभएको तरकारीलाई  संकलन र बिक्री गरिने बिर्तामोड नगर कृषि शाखा प्रमुख प्रमुख राजेन्द्र कडरीयाले बताए। बिर्तामोड नगर अर्न्तगतका गरामनी बजार,सैनिक बजार,बुट्टाबारी र चारपानेमा रहने संकलन केन्द्रमा…
Read More
साउन लागेसंगै मन्दिरमा दैनिक भजन कृतन

साउन लागेसंगै मन्दिरमा दैनिक भजन कृतन

६ श्रावण,झापा मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति  बिर्तामोड-१० बिराटपोखरको मनकामना काली  मन्दिरमा साउन लागेसँगै दैनिक सोमबार बिहान र अन्यदिन बेलुका साउन महिना भरि पूजाआजा सहित भगवानको भजन कृतन गरिने पूजा संयोजक डिल्लीराम पाठकले जानकारी दिए।
Read More
गुरु पूर्णिमामा झापा सनातन धर्म सेवाले अभिनन्दन गर्ने

गुरु पूर्णिमामा झापा सनातन धर्म सेवाले अभिनन्दन गर्ने

 ६ श्रावण,झापा सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाको आयोजनामा गुरु पूर्णिमा तथा ब्यास जयन्तीको अवसरमा भव्य अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको छ। प्रत्येक बर्ष गरिदै आएको अभिनन्दन कार्यक्रमको निरन्तरता अन्तर्गत यो एकचालिसौं अभिनन्दन कार्यक्रम रहेको जनाईएको हो। कमल गापा-३ स्थाई बसोबास भै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आध्यात्मिक चिन्तनका चिरपरिचित आर्चाय दुर्गा प्रसाद खतिवडालाई यो बर्ष गुरु पूर्णिमा तथा ब्यास जयन्तिको अवसर पारेर ब्यासका रूपमा अभिनन्दन गरिने संस्थाका सचिव लक्ष्मी दंगालले जानकारी गराए। बिर्तामोड-४ स्थित संस्थाको कार्यलय भवनमा कार्यक्रम आयोजना गरिने भएको हो। हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा उच्च श्रेणीमा राखेर हेरिने गरेको छ भने आजको २१२४ औं गुरु पूर्णिमा पालन हुदैछ।
Read More