Skip to main content

ओरेन्ज समाचार

पारीको होइन बारीको खाँउ” कार्यक्रमले बिर्तामोडमा सार्थकता पाँउँदै

Advertisement


 – यज्ञराज श्रेष्ठ

६ श्रावण,बिर्तामोड

बिर्तामोड नगरपालिका कृषिशाखाबाट बिगत छ बर्ष अघिबाट सन्चालित मेयर विषादी मुक्त नगर  कार्यक्रमले अब भने सार्थकता पाउने भएको छ । शुरुको बर्ष देखि सो कार्यक्रमबाट बिर्तामोड नगरमा ११७ जना तरकारी उत्पादक कृषकहरु उत्पादन गरेको र यही साउन ७ गतेबाट “पारिको होइन बारीको खाउ” भन्ने नाराको साथ ४ वटा संकलन केन्द्र र ६ वटा बिक्री केन्द्रहरू क्रमश: उदघाटन गरी सन्चालन हुने जनाईएको हो। 

उक्त केन्द्रहरूमा बिर्तामोड नगरमा उत्पादन भएको बिषादी नभएको तरकारीलाई  संकलन र बिक्री गरिने बिर्तामोड नगर कृषि शाखा प्रमुख प्रमुख राजेन्द्र कडरीयाले बताए। बिर्तामोड नगर अर्न्तगतका गरामनी बजार,सैनिक बजार,बुट्टाबारी र चारपानेमा रहने संकलन केन्द्रमा संकलित तरकारीहरू बिर्तामोड कृषिथोक बजारमा रहेको मुख्य सङ्कलन केन्द्रमा जम्मा हुने र अन्य बिक्री केन्द्र र सङ्कलन केन्द्रबाट बिक्री बितरण गरीने गरि केन्द्रहरु संचालन गरिने भएको छ।

  तरकारी उत्पादनमा लागेका  कृषकहरूलाई शुरुको बर्ष देखिनै नगरले  सिँचाइ,टनेल,मल्चिङ्ग,तरकारी बिउ,तालिम र अन्य सामग्रीमा सहयोग गरिरहेको छ भने यस संकलन केन्द्र खोलिए पछि उनीहरुले उत्पादन गरेको तरकारी बिक्रि बितरणमा समेत सहज हुने बताईएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...