ओरेन्ज समाचार

Day: २०८१ असार ३१, आईतवार

केपी शर्मा ओली पैतालिसौं प्रधानमन्त्री नियुक्त

केपी शर्मा ओली पैतालिसौं प्रधानमन्त्री नियुक्त

केपी शर्मा ओली नेपाल अधिराज्यको ४५औं प्रधानमन्त्री नियुक्त भएका छन् । ओली यसअघि तीन पटक प्रधानमन्त्री नियुक्त भइसकेका हुन् भने यो नियुक्त हुँदा उनी चौथो पटक प्रधानमन्त्री बनेका हुन् । ओलीको प्रधानमन्त्रीत्वमा बन्ने यो सरकार प्रमुख नेपालका ४५औँ प्रधानमन्त्री हुने छन्। भीमसेन थापालाई आधुनिक नेपालका प्रथम प्रधानमन्त्री मानिन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार अहिलेसम्म नेपालमा ३८ व्यक्ति प्रधानमन्त्री बनेका छन्। नेपालमा अहिलेसम्म महिला प्रधानमन्त्री भने बनेका छैनन्। नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिमण्डल विस्तारसम्बन्धी प्रावधान रहेको छ ।  ओलीको प्रधानमन्त्री नियुत्त विसं २०७२-७३, विसं २०७४-२०७८, विसं २०७८ र हाल बिस. २०८१
Read More
झापा जिल्लामा चौसठ्ठी दशमलव एकासी प्रतिशत रोपाई सम्पन्न

झापा जिल्लामा चौसठ्ठी दशमलव एकासी प्रतिशत रोपाई सम्पन्न

३० असार,झापाझापा जिल्लामा चौसठ्ठी दशमलमव एकासी प्रतिशत रोपाई सम्पन्न भएको छ। मनसुनको सक्रियतासँगै अहिलेसम्म झापामा ६४.८१ प्रतिशत रोपाई सम्पन्न भएको हो। विराटनगर कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो । अहिले सम्म एक लाख ७० हजार चार सय ५० दशमलव ४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए । मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर…
Read More