ओरेन्ज समाचार

Day: २०८१ असार २८, बिहीबार

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने

 २७ असार,काठमाण्डौं सरकारले देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने परिस्थितिमा तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।  आजको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रबक्ता तथा मन्त्री रेखा शर्माले उक्त कुरा बताउनु भएको हो । यस अघि मन्त्रिपरिषद् बैठकले जेठ २४ मा गरेको निर्णय अनुसार पहिलो चरणमा झापा लगायत २८ जिल्लामा आगामी श्रावण एक देखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो। 
Read More
बुद्धशान्ति-२ मा आली लगाउदा एकजनाको मृत्यु

बुद्धशान्ति-२ मा आली लगाउदा एकजनाको मृत्यु

 २७ असार,झापा बुद्धशान्ति-२ झापा खतिवडा चोक पश्चिम एक व्यक्ति आफ्नै खेतमा आली लगाउदा मृत अवस्थामा भेटिएका छन्। स्थानिय सुशिल घिमिरे मृत भेटिएका हुन्।  बुधबार अन्दाजी दिनको बारह बजे तिर आफैले आली लगाएको खेतमा करिब सद्चालिस बर्षिय घिमिरेलाई खेतमा मृत भेटिएपछि स्थानिय छिमेकीहरुले प्रहरीलाई खबर गरेका हुन् । पछि प्रहरीले उनको शवलाई आवश्यक कारबाही र पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल लगेको घिमिरेका स्थानिय छिमेकीले जानकारी गराए।
Read More
आँपको विषयमा विवाद हुँदा छुरा हानी हत्या

आँपको विषयमा विवाद हुँदा छुरा हानी हत्या

२७ असार,रौतहट  रौतहटको ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको  छ। घटना पछि प्रहरीले गरेको अनुसन्धान र प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ।  घटना लगतै मङ्गलवार राती पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् बुधवार दुई जना अभियुक्त दशई साह र रोशन साहलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक…
Read More