बिर्तामोड,२१ असार अन्तर्राष्ट्रिय झापाली समाजको पहलमा रोटरी क्लब अफ काष्ठमण्डपले बिर्तामोड - ९ का ९० वर्षीया बोमादेवी अधिकारी, ७६ वर्षीया हिमा श्रेष्ठ र ७ वर्षीय उत्सव श्रेष्ठलाई ह्वील चियर प्रदान गरेेेको हो। स्थानीय पञ्चकन्या टोलस्थित पञ्चकन्या मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वरिष्ठ कलाकार तथा रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य अशोक शर्मा र अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाले संयुक्तरूपमा उनीहरुलाई ह्वील चियर हस्तान्तरण गरेका थिए। स्थानीय समाजसेवी तुलसीराम काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, झापाली समाजका अध्यक्ष ढुंगाना, बरिष्ठ कलाकार तथा रोटरी क्लब अफ काष्ठमण्डपका सदस्य…
२१ असार,बिर्तामोड गएराति एक बजे बिर्तामोड नगरपालिकाका जे.सी.भी. चालक राजुमान लिम्बूको असमायिक निधन भएको जनाउँदै बिर्तामोड नगरपालिकाले मृतकको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दै एक्काईस असारमा शोक बिदा दिने निर्णय गरेको छ। प्रमूख प्रशासकिय अधिकृत राधा कृष्ण खतिवडाको हस्ताक्षर सहितको शोक व्यक्तब्यमा शोकको यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा बिर्तामोड नगपालिकाको तर्फ बाट गहिरो समबेदना प्रकट समेत गरिएको हो।
बिर्तामोड,१४ असार, हेलेन केलरको १४४ औं जन्म जयन्ती तथा नेत्रहीन संघको २७ औ स्थापना दिवसको अवसरमा कम्प्युटर तालिम र संगीत तालिम को समापन साथमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड-३, बिर्ताबजारस्थित संघको सभाहलमा हेलन केलर जयन्ती, पालिका स्तरीय स्थानीय अपाङ्गता संघ (ओपीडी) हरुबीच हाजिरी जवाफ प्रतियोगिता, व्ययसायिक कुचो तथा फिनेल बनाउने तालिमको उदघाटनसहित विविध कार्यक्रम सम्पन्न गरिएको हो। नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा सामाजिक व्यक्तित्व विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका उपाध्यक्ष उत्तम खत्रीले स्वागत गरेका थिए। त्यसैगरी सातवटा पालिकाका विभिन्न अपाङ्गता संघहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा दमक , बिर्तामोड र…