Skip to main content

ओरेन्ज समाचार

कम्प्युटर र संगीत तालिम को समापन साथमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न

Advertisement

बिर्तामोड,१४ असार,
हेलेन केलरको १४४ औं जन्म जयन्ती तथा नेत्रहीन संघको २७ औ स्थापना दिवसको अवसरमा कम्प्युटर तालिम र संगीत तालिम को समापन साथमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ।

बिर्तामोड-३, बिर्ताबजारस्थित संघको सभाहलमा हेलन केलर जयन्ती, पालिका स्तरीय स्थानीय अपाङ्गता संघ (ओपीडी) हरुबीच हाजिरी जवाफ प्रतियोगिता, व्ययसायिक कुचो तथा फिनेल बनाउने तालिमको उदघाटनसहित विविध कार्यक्रम सम्पन्न गरिएको हो।

नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा सामाजिक व्यक्तित्व विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका उपाध्यक्ष उत्तम खत्रीले स्वागत गरेका थिए।

त्यसैगरी सातवटा पालिकाका विभिन्न अपाङ्गता संघहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा दमक , बिर्तामोड र हल्दिबारी अपाङ्गता संघ(ओपीडी) क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए। प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः नगद ५ हजार,३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव दिलकुमार राजबंशीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...