६ भदौ,झापायोगदान राष्ट्रका लागि झापाका अध्यक्ष प्रदिप कुमार संग्रौलाको संयोजकत्वमा लायन्स क्लब अफ बिर्तामोड सिटिका कोषाध्यक्ष राजकुमार साह तथा झापाली समाज यूएईका आजीबन सदस्य मिना शर्माको छोरा सुरज शर्माको जन्म दिनको अबसर पारेर सामाजिक उतरदायित्व अन्तगर्त फजुल खर्च नगरी उहाँहरुको सहयोगमा संयुक्त रूपमा झापा बिर्तामोड-९ का विभिन्न टोलमा बसोबास गर्ने चारजना जन्मजात अशक्त र एकजना जेष्ठय असक्त सदस्यलाई नि:शुल्क ह्विवल चियर घरमै गई बितरण गरिएको छ। कार्यक्रममा ह्विवल चियर दाताहरु लगायत बिर्तामोड-९ वडाका प्रतिनिधि संगिता शिवा सहित टोल बिकाश संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको हो । उक्त कार्यक्रममा बिर्तामोड-९ का पाँचजनालाई ह्विवल चियर बितरण गरिएको छ। जसमा डाडागाउँ टोल निबासी जन्मजात असक्त सत्र…
- यज्ञराज श्रेष्ठ लाखे,के हो त यस्ले के गर्छ,के खान्छ, कहिले नाचिन्छ र कसरी नाचिन्छ भन्ने कथा र किम्बदन्ती फरक फरक भए पनि नेवारहरूको आस्था र विश्वासको नाँचले नेपाल र नेपालीलाई चिनाउने प्रमुख सांस्कृतिक नाँच हो। एक किम्बदन्तीअनुसार लाखे एक प्रेममा पागल भएको प्रेमी हो । उ एक राक्षस कुलमा जन्मिएको युवा थियो। एक दिन लाखेले मानव रूप धारण गरेर कठमान्डौ घुम्न आएछ। घुम्दै जादा एक ज्यापू किसानको घरमा पुगेछ। ज्यापूको एक छोरी थिइन बालामैचा,नाम जस्तै राम्री वालामैचालाई देखेर लाखेले प्रेम गर्न थालेछ। यसरी दिनदिनै मानव रूपमा आउने लाखे र बालामैचाको प्रेम भयो र बालामैचाले पनि लाखेलाई प्रेम गर्न थालिन्। …
४ भदौ,काठमाण्डौंगुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ साथै धर्म निरपेक्ष र हिन्दु राज्य नेपाल आफ्नो अभियान भएको समेत बताउनु भएको हो। मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताउनु भयो । नेताहरुले नेपालाई…
२६ साउन,झापाझापाको बिर्तामोड-९ गरामनीका प्रसाईं परिवारले दिवंगत माता पिताको नाममा चार वर्ष अगाडी स्थापना गरेको रूपनारायण-पवित्रा प्रसाई स्मृति प्रतिष्ठानले अक्षयकोष निर्माण गरि आज चाैथाे स्मृति सभा स्वरूप बिशेष कार्यक्रमकाे आयाेजना गरेको छ। कार्यक्रममा बिबिध कार्यक्रमहरु सहित प्रसाईं ट्रष्ट,कल्याणकारी काेष झापालाई एक लाख एक सय आर्थिक सहयोग साथै एघार हजार सदस्यता शुल्क समेत हस्तान्तरण गरेकाे हो । मेरिकामा बसोबास गर्दै रहेका प्रतिष्ठान स्थापना कर्ता छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख पाँच हचार रुपैयाँको अक्षयकोष स्थापना गरि रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको आज चाैथाे बार्षिक कार्यक्रम सम्पन्न गरेको हो। यसै वर्षबाट अक्षय कोषमा रू.पाँच लाख रकम थप गरी जम्मा अक्षयकोष रकम…
१४ श्रावण,झापाभद्रपुर-१० चन्द्रगढी बजार निवासी पूर्व राष्ट्रिय फूटबलर गम्भिर राईको ५६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ । पूर्व राष्ट्रिय फुटबल खेलाडी राईको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको हो । केही दिनदेखि बिरामी राई लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेका थिए । २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य पनि थिए । राईले एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए । झापा…
१० श्रावण,झापा जग्गाको विषयमा विवाद हुँदा झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजे झापा बाह्रदशी गाउँपालिका-३ स्थित राधानगरमा पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको हो । रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । विवादको क्रममा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए । झडपमा परी बाह्रदशी-३ का अजयकुमार शाह, नितानन्द साह, रेखानन्द साह, चाँदनी साह, पद्मादेवी साह, विष्णुप्रसाद साह, महानन्द साह, पर्शुराम साह र उनका छोरा सञ्जीव साह, विवेक साह र मुनाखरी साह घाइते भएका छन् ।…
१० श्रावण,झापाकरेन्ट लागेर हिजो राती एकजनाको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका-४ का बिशाल कुमार शाहको करेन्ट लागेर मृत्यू भएको हो। बूपबार राती पौने ९ बजे उनको करेन्ट लागेर मृत्यू भएको हो । खानेपानी धाराबाट आउने क्रममा घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शाहको शवलाई पोस्टमार्टमका लागि पठाइने प्रहरीले जनाइएको हो ।
९ श्रावण,काठमाण्डौं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको शव फेला परेको छ भने । क्याप्टेन शाहको भने जिबितै उद्धार गरिएको क्यानका प्रवक्ता हंशराज पाण्डेले बताएका छन्। जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको हो। उनले जहाज दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको भने जिबितै उद्दार गरी उपचारका लागि अस्पताल लगिएको बताए। दुर्घटनामा परेकाहरू सबै एयरलाईन्सका कर्मचारी र आफन्त हुन् । क्याप्टेनलाई भने उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको उनले भने । सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले जहाजमा १९ जना यात्रु सवार रहेको बताए। बिमानमा सवारको नामावली अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा,…
९ श्रावण,काठमाण्डौंकाठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रनवेमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटनामा परेको हो।सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणकले जानकारी गराएको छ भने बिमानका चालक क्याप्टेन मनिष शाह रहेको ह हुन्। जहाज दुर्घटनामा परेपछि दुर्घटनामा परेको जहाजमा आगो लागेको हो भने अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका हुन् । जहाजमा १९ जना यात्रु सवार रहेका जनाईएको छ भने बिमान दुर्घटनाको कारण हाल खुल्न नसकेको प्रहरीले जनाएको छ। क्याप्टेन मनिष शाहलाई उद्धार गरेर अस्पताल लगेको जनाईए पनि जहाजमा सवार यात्रुहरुको अवस्था…
८ श्रावण,झापाबाबुको हत्या आरोपमा प्रहरीले आफ्नै छोरालाई नियन्त्रणमा लिएको छ ।हल्दिवारी गाउँपालिका वडा नम्बर-२ पाराखोपी बजार पूर्वका सुनिल राजबंशीलाई नियन्त्रणमा लिईएको हो। गएराति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिच्चीको बोटमा शंकास्पद अबस्थामा झुन्डिएको फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा करिव ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिईएको हो । झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको,अनुहारसहित शरीरका विभिन्न…