बिर्तामोड,१४ असार, हेलेन केलरको १४४ औं जन्म जयन्ती तथा नेत्रहीन संघको २७ औ स्थापना दिवसको अवसरमा कम्प्युटर तालिम र संगीत तालिम को समापन साथमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड-३, बिर्ताबजारस्थित संघको सभाहलमा हेलन केलर जयन्ती, पालिका स्तरीय स्थानीय अपाङ्गता संघ (ओपीडी) हरुबीच हाजिरी जवाफ प्रतियोगिता, व्ययसायिक कुचो तथा फिनेल बनाउने तालिमको उदघाटनसहित विविध कार्यक्रम सम्पन्न गरिएको हो। नेत्रहीन संघ झापाका अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षता तथा सामाजिक व्यक्तित्व विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका उपाध्यक्ष उत्तम खत्रीले स्वागत गरेका थिए। त्यसैगरी सातवटा पालिकाका विभिन्न अपाङ्गता संघहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा दमक , बिर्तामोड र…
२० असार,झापा अर्जुनधारा नगरपालिकाकोे शनिश्चरे नगर अस्पतालले आज बाट थप शल्यक्रिया सेवा थपेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो सेवाको उद्घाटन गर्नुभएको हो । अस्पतालमा अपरेसनसहितको सेवा सुरु भएपछि अकालमा कुनै आमाले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । नगरप्रमुख बलदेव गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताउनुभयो । उहाँले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।
२० असार,झापाझापा बिर्तामोडको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । यसै बीच झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अन्तरक्रियामा आफ्नो अनुभव साँटेका हुन्। कार्यक्रमकै अवसर पारेर ग्रेसले बिर्तामोडको युनाइटेड क्रिकेट एकेडेमीका प्रमुख हितेन श्रेष्ठलाई एक सेट क्रिकेट किट (ब्याट, हेल्मेट, स्टम्प, ग्लोभ्स, जर्सी) प्रदान गरे भने ग्रेसका संस्थापक प्रमुख एन्ड्र्यु पौडेल, परामर्श सल्लाहकार राधाकृष्ण धिताल, बिर्तामोड शाखा प्रमुख किरण बिमली सहितले उक्त कार्यक्रमकोसहजीकरण गरेको जनाईएको हो ।
२० असार,एजेन्सी तपाई पानीपुरी खानु हुन्छ ? पक्कै खानु हुन्छ होला। तर तपाईंलाई यो खबर थाहा पाउँदा दुख लाग्न सक्छ। पानीपुरीमा क्यान्सर गराउने तत्त्व भेटिएको छ। भारतको कर्नाटकमा बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको जचाईएको हो। जुन स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। खाद्यवस्तुमा हानिकारक ब्याक्टेरिया भेटिएपछि प्रदेशको खाद्य सुरक्षा विभाग क्रियाशील भएको छ। खाद्य सुरक्षा अधिकारीहरूले विभिन्न स्टलहरूमा जाँच गरिरहेका छन्। खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने बताएका छन्। भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो। जसमध्ये ४१ नमुनामा नक्कली…
१९ असार,काठमाण्डाैं नुनको मूल्य बृद्धि भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बृद्धि गरेको हो । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको हो। मूल्य बृद्धिसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ पुगेको जनाईएको छ भने न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको जनाईएको हो।
१८ असार,मंगलबार सोमबार सॉझ उर्लाबारी मधुमल्ला सडकखण्ड अन्तर्गत उर्लाबारी-६ सिसौलीमा बा. प्र.०३-००१ क-१०९० न. को मिक्लाजुङ्ग गा.पा. का लालबहादूर लिम्बूले चलाएको ट्रिपरले सोही दिशा तर्फ आउदै गोको प्र.-१-०१-०१४ प ६८३३ न को स्कूटरमा सवार उर्लाबारी-६ की सीता बोहरा र उनका ९ बर्षको छोरा प्रशान्त बोहरालाई साँझ ६ः३० बजे ठक्कर दिएको हो। टिपरको ठक्करबाट घाईते सीता बोहरालाई उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएकोमा उपचारकै कममा सॉझ ७ः३० बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ भने उनका छोरा प्रशान्तको न्यूरो अस्पताल बिराटनगरमा उपचार भैरहेको जनाईएको हो। ट्रिपर चालक लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
१७ असार,बिर्तामोड ओरेन्ज एकसाभेटर मिडिया प्रालि बिर्तामोड-१० को साधारण सभा सम्पन्र भएको छ। यस मिडियाद्वारा संचालित ओरेन्ज समाचार अनलाईन रहेको हो। मिडियाका अध्यक्ष सुरेश थापा आले मगरको अध्यक्षता, बिर्तामोड-१० का क्डा अध्यक्ष दुर्योधन गुरुङ्गको प्रमूख आतिथ्यता, बिर्तामोड-१० का वडा सदस्यहरू धनमाया श्रेष्ठ, दिपिका शिवा, पृथ्वी बस्नेत समाजसेवी कमल खतिवडा लगायतको बिशिष्ट आतिथ्यतामा बिर्तामोड-१० स्थितको जेष्ठ नागरिक सभा भवनमा कार्यक्रम सम्पन्न भएको हो। सामूहिक रुपमा नेपालको राष्ट्रिय गान गाएर उद्घाटन गरिएको कार्यक्रममा मिडियाका अध्यक्ष सुरेश थापाले बर्षिक प्रगति बिवरण प्रश्तुत गर्नुका साथै भबिष्यको योजनाबारे प्रकाश पार्दै मिडियालाई सबै क्षेत्र तह र तप्काबाट सहयोग गरिनु जरूरी भएको बताए साथै भबिष्यमा बिर्तामोड-१० मा एउटा एफएम रेडियो संचालन गर्नको निमित्त अध्ययन…
मेचीनगर,झापा ८ असार,झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ भने दुइजना घाईते भएका छन् । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनु भयो । मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको जनाईएको हो । मोटरसाइलकमा तीन जना सवार रहेका र । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो।