बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध्यमिक विद्यालयमा कक्षा–५ मा अध्ययनरत विषम लिम्बु रहेका छन्। आज दिउँसो करिब १:३० बजे दाजुभाइ मिलेर निगुरो खोज्ने क्रममा घटना घटेको र मृतकको दाजुलाई घटना भएको थाहा नभएको र पैनीमा नुहाउन गएका अन्य बालबालिकाले बालक डुबिरहेको अवस्थामा देखे पछि जानकारी गराएको स्थानीयले बताएका छन्। घटनापछि टिमाई शिविर (बेस क्याम्प)बाट खटिएका नायब निरीक्षक सुरेन्द्र ठाकुर टोलि सहित, मंगलबारे अस्थायी प्रहरी चौकीका इन्चार्ज गजेन्द्र कट्टुवालको टोली तथा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायब निरीक्षक नकुलराज गौतमको उपस्थितिमा मृत्यु बालकको मृत शरिर पोष्ट मार्टमको लागि…
बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव अधिकार वकिल समुह (लाहुरपिन) का केन्द्रिय सचिव भिम राईको प्रमुख आथित्यतामा आदिवासी जनजातिहरुका अधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम साउन १४ गते बिहिबार बिर्तामोड-५ को किराँत भवनमा सम्पन्न भएको हो । अथितिहरुमा प्रेम घिसिङ, कृष्ण उदास, बिरेन मेचे, रत्नकुमार श्रेष्ठ साथै जातिय संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको औपचारिक कार्यक्रम संचालन समितिका सचिव लिला बहादुर गुरुङ र सन्तोष बेघाले गर्नु भएको थियो । जातिय संस्थाहरुबाट उल्लेखनिय उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा आदिवासी जनजाति सग जोडिएका अधिकार राज्य र सरकार समक्ष कसरी प्रस्तुत गर्ने र…
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा यहि मिति २०८३ साल साउन २४ गते विश्व आदिवासी दिवस जातिय भेषभुषा सहित उपस्थित भइ बिर्तामोडमा हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा साउन ९ गते बसेको औपचारिक बैठकमा बिर्तामोड ५ का पूर्व वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाल आदिवासी जनजाति महासङ्घ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङ, जातीय संस्थाका अध्यक्षहरू लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उपस्थितिमा धार्मिक तथा पर्यटकीय स्थल विरटपोखरीमा श्रमदान पश्चात् विभिन्न दाताहरूले प्रदान गरिएको श्रम संस्कृति पार्टीको टिसर्ट वितरण गरिएको थियो। श्रम संस्कृति पार्टी बिर्तामोडका अध्यक्ष सुवास मोक्तानको संयोजकत्वमा सञ्चालन कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हिमालय प्रकाश कन्दङवा, जिल्ला अध्यक्ष केशव भण्डारी लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो। बर्खा यामको समयमा बढेको झारपातले विरटपोखरीको सौन्दर्यतालाई असर गर्ने र पर्यटकहरूको आकर्षणमा कमी ल्याउने भएकाले स्थानीय धार्मिक पर्यटकीय स्थललाई सफा स्वच्छ र हराभरा बनाउन स्थानीयहरूको पहिलो भूमिका हुने भएकाले सरसफाई र फूलबारी गोडमेल गरेको आयोजक समितिका…
बिर्तामोड, २८ असार गितकार शिव शकर थापाको प्रमुख आथित्यता र आदिवासी जनजाती नेत्रहिन संघ झापाका अध्यक्ष भोजराज तामाङको सभपतित्वमा संस्थाको चौथो अधिवेशन पश्चात कार्य समितिको पत्रकारहरु सग साक्षातकार कार्यक्रम बिर्तामोडको अतिथी सदनको सभा हलमा साम्पन्न भएको हो । अथितिहरुमा सुमित्रा वाङ्देल, एकराज गिरी, कृष्ण थेबे लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो भने झापाली पत्रकारहरु सगको भेटघाट कार्यक्रममा चौथो अदिवेशन पश्चपश्चत नवनिर्वाचित सदस्यहरुलाई प्रमाण बितरण गरिएको थियो । औपचारिक कार्यक्रममा प्रमुख अथिती शिव शंकर थापाले संस्थाको स्थापना देखि सम्म भोग्नु परेका तिता मिठा अनुभवहरु व्यक्त गर्नु भएको थियो भने समितिका अध्यक्ष भोजराज तामाङले आदिवासी जनजाती नेत्रहिनहरुले भोग्नु परेको दु:ख र राज्यले उचित…
बाह्रदशी, २५ असार झापाको बाह्रदशी ४ मा रहेको जनविकास माविले पहिलोपटक जग्गादाता तथा संस्थापक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। २०११ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो। विद्यालय व्यावस्थापन समिति अध्यक्ष समिर मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष महताव आलम रहनुभएको थियो। बिहीबार विद्यालयको प्रांगणमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानद्यापक शिव पोख्रेले २०८० सालको एसइइ नतिजामा निल खाएको यश विद्यालयले शैक्षिक गुणस्तर क्रमशः सुधार गर्दै २०८१ सालमा ५.२६ प्रतिशत र २०८२ मा २८.५७ प्रतिशत पास गराउन सफल भएको बताउदै आगामी वर्ष ५६ प्रतिशत पास गराउने…
भद्रपुर नगरपालिका वार्ड नं २ बस्ने लीला बहादुर तामाङ वर्ष ७८ को यहि मिति २०८३ साल असार १४ गते आइतबारको दिन बिहान ९ बजे तिर घरबाट पसल जान्छु भनी हिँडेको र त्यस पश्चात सम्पर्क विहीन हुनु भएकोले उहाँलाई कहि कतै देख्नु हुने जो कोही पनि महानुभावहरूले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध छ।
बिर्तामोड, १० असार बिर्तामोड नगरपालिका वार्ड नं १० अवस्थित बिराटपोखरमा एक जना महिला आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बिरटपोखर बस्ने तोमप्रसाद तिवारी (तिवारी साईला) को श्रीमति मेनुका धिमिरे तिवारी करिब बर्ष ३९ कि बिहान करिब ५:०० बजे तिर आफ्नै घरको छेउमा रहेको आँपको बोटमा मृत फेला परेकी हुन् । प्रहरी प्रशासनले अनुसन्धानको क्रम रहेको र मृतक शरीरलाई पोष्ट मार्टमको लागि मेची प्रदेशिक अस्पताल लगिएको छ ।
बिराटनगर, २४ जेठ नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा झापा, मोरङ, सुनसरी र भोजपुरका पत्रकारहरूको समाचार लेखन क्षमता विकासको निम्ति जेष्ठ २२ गते देखि २४ गते सम्म तीन दिने तालिम विराटनगरमा सम्म भएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत बहादुर खड्काको सभापतित्व र विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जेठ २२ गते कार्यक्रम उद्घाटन र आज जेठ २४ गते आइतबारको दिन सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षकहरू यज्ञप्रसाद शर्मा र महाप्रसाद खतिवडा द्वारा प्रदान गरिएको तालिममा समाचार के हो? समाचार कसरी लेखिन्छ? समाचार कहाँ पाइन्छ ? जस्ता…
बिर्तामोड, २४ बैशाख ९६ औं समाज सुधार दिवस समारोहमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न । बिर्तामोड नगरपालिका वडा न. १० अवस्थित किरातेश्वर माङहिमका अध्यक्ष ओदराज बेघाको सभापतित्व र पुर्व शिक्षक तथा सुनुवार सेवा समाजका अध्यक्ष मनु मुखियाको प्रमुख आथित्यतामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । अथितिहरु सेवा सावा गुरुहरु रोशन लिङ्देन, दिपेन तेयुङ, सल्लाहकारहरु गणेश कन्दङवा, टेक बहादुर देवान लगायत व्यक्तिहरुको उपस्तिथि रहेको थियो । ९६ औं समाज सुधार दिवस समारोहमा ९६ वटा दियोहरु प्रमुख अथितको हस्तबाहुलिबाट प्रज्वलन गरिएको थियो भने औपचारिक कार्यक्रम संचालन समितिका सचिव बेद तेयुङले संचालन गर्नु भएको र कोषाध्यक्ष रिता इदिङ्गोले स्वागत मन्तव्य राख्नु भएको थियो…