असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बाँसुरी एउटा दुहुरोको कथा को ट्रेलर’ आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएको छ। चलचित्रको सम्पूर्ण छायांकन तथा प्राविधिक कार्य सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ। चलचित्रको च्यारिटी शो आगामी असोज १० गते धुलाबारीस्थित कृष्ण पार्टी प्यालेस हलमा तथा असोज ११ गते बिर्तामोडस्थित पाथिभरा सिने प्लाजामा आयोजना गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। समाजमा विद्यमान धनी र गरिबबीचको सामाजिक भेदभावलाई कथावस्तुको मुख्य आधार बनाएर चलचित्र तयार गरिएको निर्माता तथा नायक तथा गायक पूर्ण सुनारले जानकारी दिनुभयो। सामाजिक विषयवस्तुलाई पर्दामा…