गजेन्द्र कुमार शेर्मा झापा, ७ भदौ नेपालको अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स दमक शाखाले आफ्नो स्थापनाको सफलताका नौ वर्ष पूरा गरी दशौ वर्षमा प्रवेश गरेको सुखद अवसरलाई विशेष र अर्थपूर्ण रूपमा मनाएको छ। दमक–४ झापामा स्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रममा आयोजित एक हार्दिक तथा समवेदनशील समारोहका बीच कम्पनीले ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, प्रदीर्घ जीवन र कल्याणको उच्च कामना गर्दै खाद्यान्न वितरण गरी आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको छ। भदौ १ गते आयोजित उक्त आत्मीय कार्यक्रममा वृद्धाश्रममा आश्रित आमाबुबाहरूको दैनिक पोषणलाई ध्यानमा राख्दै २५ किलोका ५ बोरा चामल, दाल, अण्डा लगायतका अत्यावश्यक दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू संस्थागत रूपमा हस्तान्तरण गरियो।…