हल्दिबारी, २० बैशाख हल्दीबारी गाउँपालिका प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।हल्दीबारी गाउँपालिका वाड नं १ का खेलकुद संयोजक प्रकाश कुमार कार्कीको सभापतित्व र हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतित्यतामा २०८३ साल वैशाख २० गते आइतबारको दिन फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। उद्घाटनको औपचारिक कार्यक्रममा अतिथिहरू हल्दीबारी गाउँपालिका वडा अध्यक्षहरु देवीबहादुर थापा, सन्त कुमार थापा, शुक्लाल राजवंशी, विष्णुप्रसाद ओली, खड्क बहादुर लावति, विभिन्न पार्टी, संघ संस्थाका प्रतिनिधि, समाज सेवी सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा राई समुदायले नाचिने शाकेला नृत्यको रोचक प्रस्तुत रहेको थियो भने कार्यक्रम सञ्चालन समितिका सचिव…