इलाम, बैशाख १२ किरात याक्थुम चुम्लुङ माई नगर समितिको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न भएको छ। किराँत याक्थुम चुम्लुङ केन्द्रीय सदस्य डाक्टर मधुराज केरुङको प्रमुख आतिथ्यता र किराँत याक्थुम चुम्लुङ माईनगर समितिका अध्यक्ष टुपेन्द्र येक्तेनको सभापतित्वमा सांस्कृतिक तथा सांगितिक कार्यक्रमको साथमा विभिन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रम सुखानी पार्कमा बैशाख १२ गते शनिबारको दिन सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अतिथिहरूमा सरस्वती तुम्बाम्पे, कृष्ण थेवे, तीर्थ साउदेन, एन्जेस याक्तेन, दीपक कुमार थेबे, आइन्द्रविक्रम शेर्मा, भीममाया नेम्बाङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो भने समितिका सचिव शेरबहादुर थेगिम र पूर्व जिल्ला सदस्य कृष्ण यक्तेनले कार्यक्रम सञ्चालन गर्नु भएको र समितिका उपाध्यक्ष किसान चोङबाङले…