बिर्तामोड, २९ माघ श्री पञ्चरत्न मा.बि. को ५८ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा न. २ अवस्थित श्री पञ्चरत्न मा.बि. को ५८ औं वार्षिकोत्सब कार्यक्रम यहि मिती २०८२ साल माघ २९ गते बिहिबारको दिन बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता र श्री पञ्चरत्न मा.बि. व्यवस्थापन समितिका अध्यक्ष धर्म लक्सम्बाको सभापतित्वमा विद्यालय सहयोग गर्नु हुने विभिन्न व्यक्तिहरुलाई सम्मान सगै सांस्कृतिक नृत्य, गायन र झाकिहरुको साथमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । अथितिहरुमा बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संगौला, प्रमुख प्रशासकिय अधिकृत सागर मिश्र, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड-२ का वडा अध्यक्ष किशोर कुमार…